लागू औषध बेच्ने मेडिकल सञ्चालक पक्राउ

११ महिना अघि

२0८0 आश्विन २५ बिहीबार
लागू औषध बेच्ने मेडिकल सञ्चालक पक्राउ

उदयपुर, असोज २५


चौदण्डीगढी नगरपालिका केन्द्र बेलटारस्थित मेडिकल सञ्चालक लागू औषधिसहित पक्राउ परेसँगै मेडिकल सञ्चालकहरुप्रति निगरानी बढाउँदै गएको प्रहरीले अर्को मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ । यहीँ क्रममा बुधबार दिउँसो सदरमुकाम गाईघाटबाटै २ हजार ५० ट्याब्लेट लागू औषधसहित मेडिकल व्यवसायी पक्राउ परेका हुन् ।


त्रियुगा नगरपालिका ११ डिएमगेटस्थित काल्स फार्मेसीबाट प्रहरीले दिउँसो १६ः३० बजेको समयमा नियन्त्रित औषधिसहित सोही ठाउँकी ३० वर्षीया सरिता चौधरी पक्राउ परेकी हुन् । मेडिकलबाट प्रतिबन्धित औषधि बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको विशेष टोलीले फार्मेसीमा रितपुर्वक खानतलासी गर्दा नियन्त्रित औषधि फेला परेपछि पक्राउ गरिएको हो । 


चौधरीको फार्मेसीबाट स्पासपेन १ हजार ९ ६० ट्याब्लेट र बेगाबेलेन ८ पत्ताको ८० ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चोधरीले बताए । उनका अनुसार बरामद औषधिसहित प्रहरी कार्यालयमा राखिएकी चौधरीलाई थप अनुसन्धा गर्न विराटनगरस्थित औषधि व्यवस्था विभाग पठाइएको छ ।