साकेला गाउँपालिका हरेक वडा पुगेर भत्ता बाँड्दै 

११ महिना अघि

२0८0 आश्विन २५ बिहीबार
साकेला गाउँपालिका हरेक वडा पुगेर भत्ता बाँड्दै 

खोटाङ, असोज २५

खोटाङको साकेला गाउँपालिकाले चालु वर्षको प्रथम चौसिक सामाजिक सुरक्षा भत्ता वडा वडा पुगेर वितरण गरिरहेको छ । नजिकिएको दसैँ तिहारजस्ता चाडवाडलाई लक्षित गरी गाउँपालिकाले बैंकसँग सहकार्यमा हरेक वडा पुगेर भत्ता वितरण कार्य गरिरहेको हो । 


नेपाल एसबिआई बैंकमार्फत भत्ता वितरण भईरहेको साकेलामा चालु आर्थिक वर्ष २०८०र०८१ को पहिलो त्रैमासिक भत्ता मंगलबारबाट वितरण गर्न थालेको हो । पहिलो दिन २ नं. वडाको रतन्छामा भत्ता बितरण गर्न शिविर चलाइयो । सो दिन १ सय ३० जना लाभग्राहीलाई १८ लाख ४९ हजार रुपैंया भत्ता वितरण गरिएकोछ । 


त्यसैगरी बुधबार ३ नम्बर वडा कार्यालय खिदिमाबाट भत्ता वितरण गरिएको छ । शिहीबार ५ नम्बर वडा मात्तिमबिर्ता र शुक्रबार ४ नम्बर वडा कार्यालयबाट भत्ता वितरण गर्ने कार्यतालिका तय गरिएको गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राईले बताए । 

 


उनका अनुसार वडा नम्बर १ को बाँझेच्यानडाँडामा भने केही दिनपछि मात्र भत्ता वितरण गरिने छ । बैंकको सेवा लिन गाउँपालिका केन्द्र आउनुपर्ने भएकाले सहज रकम उपलबध गराउन वडावडामा भत्ता बितरण गर्न शिविर सञ्चालन गरिएको हो । 


बैंकका प्रबन्धक मेदानी रिजालले साकेलाले ०७७र०७८ को दोस्रो चौमासिकदेखि नै बैंङ्किङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको बताए । चालु आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म आईपुग्दा १ हजार ३ सय ३२ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता यो बैङ्कमार्फत बितरण उपलब्ध गराउदै आएको उनले बताए । 


चालु वर्षको यो त्रैमासिकका लागि सबै सेवाग्राहीलाई उपलबध् गराउन गाउँपालिकाबाट कूल १ करोड ३२ लाख ३० हजार ८ सय ७८ रुपैंया रकम निकासा भएको जनाइएको छ ।