लागू औषधसहित २ युवा पक्राउ 

११ महिना अघि

२0८0 आश्विन २४ बुधबार
लागू औषधसहित २ युवा पक्राउ 

उदयपुर, असोज २४

मंगलबार पनि उयदपुर प्रहरीले लागू औषधसहित २ युवालाई पक्राउ गरेको छ । पछिल्लो महिनायता दिन बिराएर लागू औषध कारोबारी र प्रयोगकर्ताहरु पक्राउ पर्दै आउने क्रममा थप २ जना पक्राउ परेका हुन् । 


उदयपुर र सिराहाको समाीनाका त्रियुगा नगरपालिका ६ लालपत्तास्थित प्रहरी चौकीबाट खटेको टोलीले सिराहाको लाहानबाट उदयपुृर सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको स्कुटरमा चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । स ६ प ८५४२ नं. को स्कुटलमा सवारहरुमाथि शंका लागी चेकजाँच गर्दा त्रियुगा नगरपालिका १० बोक्सेका ३५ वर्षीय विकास भन्ने चन्द्रशेखर राई र पछाडि सवार त्रियुगा ११ शिवालय टोलका ३० वर्षीय बिगेश राई लागू औषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरकिा अनुसार उनीहरुको साथबाट फेनार्गन २५ एम्पुल, ब्रपिनोर्फिन २५ एम्बुल र डाईजेपाम २५ एम्पुल गरी ७५ एम्पुल प्रतिबन्धित लागू औक्षध बरामद भएको छ । उनीहरु दुवैलाई लागू औषधसहित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु भएको छ । उनीहरुलाई अनुसन्धान गर्नका लागि बुधबार जिल्ला अदालतबाट १० दिनको म्याद लिइएको पनि डिएसपी चौधरीले बताए ।