इजरायलबाट माया घलेको प्रेमपत्र 

११ महिना अघि

२0८0 आश्विन २३ मंगलवार
इजरायलबाट माया घलेको प्रेमपत्र 

आदरनीय आमा, बुबा, दाजुभाई दिदीवहिनी सबैलाई इजरायलको भूमिबाट

परदेशी माया घलेको नमस्कार !


अहिले नेपालबाट पढ्न आएका १० नेपाली विद्यार्थीको हमास आक्रमणमा परेर दुखद निधन भएको घट्नाले हामी सबै नेपालीलाई शोकाकुल बनाएको छ । यो अवस्थामा इजरायलमा नेपालीहरु के कसरी बसिरहेका छन्, कुन हालतमा परेका छन् भन्ने चिन्ता नेपाल सरका, आमा बुवा, छरमिछेकी र आफन्तजनलाई लाग्नु स्वभाविक हो । त्यसैले चिठ्ठी या समाचार या खबर सुनाउने उदेश्यले यो प्रेमपत्र लेखेको छ । 


ईजरायल यस्तो देश हो, यहाँ पुरुषभन्दा महिला, बालबालिकाको हक अधिकार बलियो छ। यहाँ काम ठूलो सानो भनेर भेदभाव छैन। मात्र काम गरेको छ कि छैन, हेरिन्छ। के काम गर्छ, सोधिदैन । सरकारी कार्यालय, अस्पताल, बैंक र अन्य निकायका कर्मचारीहरु सर्वसाधारणसँग अत्यन्त नम्र व्यवहार गर्छन्, यहाँका अधिकांश जनता आफ्नो कारणले अरुलाई दुस्ख नपरोस् भन्ठान्छन्।

 

यहाँ खान नपाएर कोही मर्नु पर्दैन, उपचार नपाएर मर्नु पर्दैन । हामी विदेशी कामदार भए पनि यहाँको नागरिकसरह हक अधिकार पाईरहेका छौँ । रात दिन जतिबेला बाहिर हिँड्दा पनि केही डर मान्नु पर्दैन। महिलामाथि कुनै पुरुषले दुर्व्यबहार र अपशब्द प्रयोग गर्दैन । यहाँको नियमकानुन जनताको भावना र मर्म अनुसार परिवर्तन भर्इरहन्छ । जनता कानूनको पालना गर्छन् । जो कोही आफ्नो देश, परिवार, आफन्त छोडेर पर्देश लाग्छ, यो सहज परिस्थितिले पक्कै होइन। हामी हजारौँको संख्यामा नेपाली महिलाको कर्मथलो बनेको छ इजरायल । 


यहाँका जनता र सरकारले हामीलाई कहिल्लै भुल्न नसक्ने गुन लगाएका छन् । हामी बाध्यताले देश छोडेर पर्देश आए पनि खुसीले काम गर्दै आएका छौँ । यहाँ भेटघाटको बेला साथीभाइसँग भलाकुसारी गर्दा धेरै नेपाली महिलासंँग कुरा हुने गर्छ हामी सबैको पीडा एउटै छ, आफ्नो देशको परिस्थिति, राजनीतिक अस्थीरता, महंगी, भ्रष्टाचार, बेरोजगारीजस्ता समस्याबाट पीडित भएर नै पर्देश जान बाध्य भएको कुरा सबैबाट व्यक्त हुन्छ । म पनि यही कारण विगत १६ वर्षदेखि इजरायललाई कर्मथलो बनाईरहेकी छु।

 

इजरायलमा कार्यरत नेपाली दाजुभाइ, दिदीबहिनीलाई समस्या परेका बेला खुलेर सहयोग गर्नुहुन्छ । नेपालमा कुनै रोगबाट पीडित होस् या बाढीपीडित, बिपतमा परेमा अथवा शिक्षा, स्वास्थ्य हरेकक्षेत्रमा सहयोग गरौँ भन्दा जुट्ने गरेका छ । हामी सबै नेपाली चाहन्छौँ, हाम्रो समाज र देश समृद्ध बनोस्, भावी पुस्ताले हामीले जस्तो आफ्नो पसिना विदेश गएर बेच्न नपरोस्।

 

यतिखेर ईजरायल र प्यालेस्टाईनबीचको लडाईले विश्वभर चर्चा पाईरहेको छ । यहाँ चलिरहेको युद्ध प्यालेसटाईनी हमासको क्रियाकलाप जून थालमा खायो, त्यही थालमा थुक़्ने भने झै भईरहेको छ । प्यालेस्टाइनको गाजा सहरलाई आवश्यक पर्ने खाद्यान्न, विद्युत, पानी, औषधि, लत्ताकपडा सबै इजरायलबाट जाने गरेको छ । इजरायलले ३०–४० हजार प्यालेसटाईनलाई जागीर दिएको छ । यसरी यताबाट आधारभूत चिजहरु सबै व्यवस्थासापन नभए त्यहाँको जनजीवन अस्तव्यस्त र ठप्प  हुन्छ। तर, यति गर्दा पनि उनीहरु नै इजरायललाई यसरी निहुँ खोजी खोजी दुःख दिन्छन् । 


यतिखेरको युद्धको सुरुवात प्यालेस्टायनहरुबाटै भएको हो  । हमासले जुन मुर्खतापूर्ण युद्ध लल्कार्दै आक्रमण गर्को छ, त्यसको परिणाम सर्बसाधारणले भोगिरहेका छन्। स्थानीयहरुको भनाई अनुसार अक्टूबर ७ तारीख शनिबार ईजरायलको समय अनुसार विहान ६ः३० बजे ईजरायली यहूदीहरुको चाड सुकोत पर्वको अन्तिम दिन थियो । शुक्रबार र शनिवार यहूदीहरु सबै काम बन्द गरेर रमाउने गर्छन् । त्यही मौकाको फाईदा उठाउदै आतंकबादी हमासले विहानपख गाजा र ईजरायलबीच सीमानाको एउटा गाउँ छ । हिब्रु भाषामा किबुज भनिन्छ, त्यहाँ म्यूजिक फेस्टिवल चलिरहेको थियो । शुक्रबार रातभर लगभग ३–४ हजारको संख्यामा १५ देखि ३० वर्ष उमेर समूहका ईजरायली यहूदी यूबायुवति फेस्टिवलमा भिड़भाडका साथ रमाईलो गर्दै नाचगान गरिरहेको बेला शनिवार विहान अधधुन्ध गोली वर्षाएर आक्रमण गर्दा यस्तो बिपत आईलागेको हो । 


आतंबादी समूह हमासले समुन्द्र मार्ग, प्यारसूट मार्ग र सुरूंग मार्ग भएर त्यहाँ प्रवेश गरी सीमामा सुरक्षा गर्न बसेका सेना र प्रहरी बिटलाई नियंन्त्रणमा लिएर गेटहरु डोजरले फोर्दै हुलदंगा गरेर आक्रमण गरेको बताइएको छ । हमास समूहको भिडले जीप, बाइक, प्यारासुटको माध्यमबाट ईजरायलभित्रका सहरहरु आस्केलोन, आस्दोत, नीतिबोट, ओफ़किम, स्देरोत, बेरसेवा र किरातघाटमा आक्रामण गरेका छन् । घरेलू हतियार, भाला, छुरी र बन्दुकसहित सबैभन्दा बढी स्देरोत, नीतिबोट, ओफ़किम र किबुजमा अन्धुधन्ध आक्रमण गरी बाटोमा हिडिरहेका जनतालाई ठाउँका ठाउ गोली बर्षाउँदै घरघरका झ्याल ढोका फुटाएर भित्र पस्दै बृद्धबृद्धा, बालबच्चा, महिलामाथि गोली ठोकेर क्रूर हत्यामा उत्रिएर मानव अधिकारको गम्भीर हनन गरेका छन् । 


 
हमास आक्रमणमा परी ओफकिम सहरका नगर प्रमुखको पनि हत्या भएको छ । यो घटनाले भयानक तनावग्रस्त स्थिति बनाएको छ । स्थानीय टेलिभिजन समाचार अनुसार अहिलेसम्म २३ सय ईजरायलीहरु घाईते भएका छन्् भने ६ सय भन्दा बढीको मृत्यु भईसकेको छ । ्हमासका लडाकुले सयभन्दा बढी मानिस अपहरण गरेको पनि समाचारमा बताइएको छ । 


हमास आक्रमणले गाजामा मात्र १ लाख २३ हजार बासिन्दा विस्थापित भर्इसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ । इजरायलली सेनाले हवाई आक्रमण गर्दा गाजाक्षेत्रमा ४ सयभन्दा बढी मानिसको ज्यान गएको छ भने २३ सयभन्दा बढी घाइते भएका छन् । गाजा क्षेत्रका भवनमा इजरायलको जवाफी कारबाहीले ठूलो क्षति पुर्‍याएको पनि खवर छ । 


यता १० नेपाली बिद्यार्थीको दुःखद मृत्यु भईसकेको छ भने अलपत्र परेका ३२ नेपालीलाई उद्धार गरी इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ । इजरायलमा नेपालबाट गएर केयर गिभर (बालबालिका र बृद्धबृद्धाको स्याहार गर्ने)को रुपमका काम गर्नेको संख्या ४ हजार ५,  सयजति रहेको प्रारम्भिक तथ्यांक छ । विद्यार्थीहरु कृषि अध्ययन गर्न आउने भएकाले खुल्ला आकाशमुनि काम गर्दा आक्रमणमा परेको भए पनि घरघरमा काम गर्ने केयर गिभरहरु भने हालसम्म सुरक्षित रहेको र कियर गिभर काम गर्नेहरु भने सबै सुरक्षित छन् । उनीहरु नर्सिंग होम वा निजी घरभित्र बसेर काम गर्नु भएकोले सुरक्षित रहन्छन् । खुल्ला आकाशमुनि काम गर्नेलाई बम बारुद्ध र गोली आक्रमणबाट असुरक्षित हुनसक्छ ।

 

युद्ध भयो भन्दैमा इजरायलको सबैतिर असुरक्षित हुन्छ भन्न मिल्दैन । ईजरायल र गाजाबीचको दक्षिण सीमानातिर पर्ने आस्केलोन, आस्दोत, बेरसेवा, नीतिबोट, किरातघाट, स्डदेरोत र ओफकिम सहरहरुमा प्रायजसो बमबारी भईरहने हुदा अब दशैँपछि लगत्तै सरकारी  (जिटूजी)बाट एक हजारभन्दा बढ़ी कोटा खुलाउने कुरा गत हप्ता मात्र सार्वजनिक भएको थियो ।

 

ईजरायल प्रवेश गर्ेपछि युद्धभूमि ईजरायल र प्यालेसटाईनबीच समयसमयमा युद्ध भईरहने भएकाले युद्धको बेलामा मिनट मिनटमा बम वर्षिरहने हुनाले घर, बृद्धाश्रम, अस्पताल, मेडिकल, सरकारी मापदण्ड अनुसार बमबाट सुरक्षित रहनेृ गरी बनाइएको हुन्छ भने सेल्टर वा बंकरहरु पनि निर्माण गरिएको छ । ४० किलोमिटर टाढा गाजाबाट रकेट बम प्रहार गर्नेबित्तिकै ईजरायलतिरको कुन सहर वा एरियामा बम झर्छ त्यो ठाउँमा साईंरन बज्ने गरेको छ । त्यसरी बम खस्नुू पूर्व नै जानकारी हुने भएकाले साईरन बज्नेबित्तीकै
समय खेर नफाली बंकरभित्र पसिहाल्नुपर्छ । 


अव इजरायल आउने नेपाली कामदारहरुलाई म के सन्देश दिन चाहान्छु भने साईरन बजेका बेला आकाशतिर फ़र्केर बम आएको दृष्य खिचेर टिकटक बनाउने, फोटो खिंच्ने र भिडियो बनाउनेतिर लाग्नु भयो भने बम आफुमाथि बज्रिनु सक्छ । साईरन बजेको १ मिनटभित्र बम भूईमा झरिसक्ने भएकाले समय खेर नफाली तुरुन्त बंकर वा सेल्टरभित्र छिरीहाल्नु पर्छ । बम खसेपछि ठूलो आवाजका साथ पड्कन्छ अनि मात्र निस्केर आफनो नियमित काममा लाग्नुपर्छ । यो नियम पालना गरियो भने युद्धका बेला पनि बँच्न सकिन्छ । युद्ध वा अन्य कुनै समस्या परे नेपाली दूतावासमा सम्पर्क गर्न सूचना जारी भईसकेको छ। यसका लागि हामी नेपाल सरकारप्रति आभारी छौँ ।


                                                                                                                                                               माया घले 
                                                                                                                                             उदयपुरगढी गाउँपालिका ३, उदयपुर
                                                                                                                                                             हाल ईजरायल