लागू औषध ब्राउनसुगरसहित ३ जना पक्राउ 

११ महिना अघि

२0८0 आश्विन २१ आईतवार
लागू औषध ब्राउनसुगरसहित ३ जना पक्राउ 

उदयपुृर, असोज २१

उदयपुर प्रहरीले खैरो हिरोईन (ब्राउनसुगर)सहित फरक फरक दुई ठाउँबाट ३ युवालाई पक्राउ गरेको छ । उदयपुृर र सुनसरीको सीमानाका बेलका र उदयपुृर र सप्तरीको सीमानाका फत्तेपुरबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 


विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले सुनसरीसँग  सीमानाका जोडिएको बेलका नगरपालिका ८ कोठुस्थित चतारा पुलबाट उदयपुृरतर्फ आउँदै गरेका २१ वर्षीय खैरुल वासर पक्राउ परेका छन् । सुनसरीको कोसी गाउँपालिका ५ श्रीपुरका वासर शनिबार साँझ ७ः०० बजे उदयपुर आउँने क्रममा  चेकजाँचको क्रममा २० ग्राम ९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।


सोही टोलीले चेकजाँचकै क्रममा बेलका नगरपालिका १ आम्बासीबाट प्र २–०१–००१ प ४९५० नं. को मोटरसाईकलमा चेकजाँच गर्दा सप्तरीको कंकालिनी नगरपालिका १ का २ युवा पनि शनिबार राति पक्राउ परेका छन् । सप्तरीको फत्तेपुरदेखि उदयपुरको रामपुरतर्फ आउदै गरेको मोटरसाईकलमा लागू औषधसहित २७ वर्षीय बेचन मण्डल र ३२ वर्षीय जितेन्द्र मुखिया पक्राउ परेका हुन् । 


प्रहरीले शंका लागी उनीहरुमाथि खानतलासी लिँदा १६ ग्राम ४ सय ७० मिलिग्राम ब्राउनसुगर बरामद भएको जनाएको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याएर अनुसन्धान भईरहेको जनाइएको छ ।