उद्योग व्यापार महासंघ अधिवेशनः जिल्लामा शर्मा, नगरमा साह

११ महिना अघि

२0८0 आश्विन २0 शनिबार
उद्योग  व्यापार महासंघ अधिवेशनः जिल्लामा शर्मा, नगरमा साह

उदयपुर, असोज २०

नेकपा (माओवादी केन्द्र) निकट नेपाल उद्योग व्यापार महासंघ उदयपुरको नेतृत्व चयन भएको छ । शनिबार गाईघाटमा भएको पहिलो. अधिवेशनले राजकुमार शर्माको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । 


सर्वसम्मत गठित समितिको दुई उपाध्यक्षमा उद्योगतर्फ बालकुमार सुयल र वाणिज्यतर्फ तिलक राई चयन भएका छन् । प्रवेश खड्का महासचिव  र कोषाध्यक्षमा भिमकुमारी राईलाई चयन गरेको छ । अभिवेशनले सदस्यमा चुडामणि कार्की, शेख इज्राइल, अभिनाश श्रेष्ठ, सुचन मगर, युसव अधिकारी, टिनकी ज्याला चौधरी र बिनिता चौधरीलाई छानेको छ । 

 

जिल्लाका ८ वटै स्थानीयतहबाट प्रतिनिधित्व गर्ने गरी लिमचुङबुङबाट जनदिप थापा, त्रियुगाबाट हिमराज मगरलगायत बिभिन्न स्थानीयतहबाट चन्द्रबहादुर कार्की, टीकाराम गिरी, रन्जित साह, राधेश्याम साह र सिद्धेश्वर साह पनि सदस्य छानिएका छन् । 


जिल्लासँगै सोही दिन सम्पन्न त्रियुगा नगर अधिवेशनले उद्योग व्यापार महासंघ नगरकमिटी अध्यक्षमा सुरज साहलाई छानेको छ । १८ सदस्यीय नगरकमिटीका दुई उपाध्यक्षमा उद्योगतर्फ आदेश राई र वाणिज्यतर्फ शंकर साह चयन भएको निर्वाचन समितिले जनाएको छ । महासचिवमा अनवर अलि र सचिवमा राकेश यादब चयन हुँदा कोषाध्यक्षमा लक्ष्मी राई र सहकोषाध्यक्ष आनन्द भगत चयन भएका छन् । 


अविधेशनले सदस्यमा उपेन्द्र साह, पञ्चहिरा राई, अशोक बिक, अन्सारुल अलि, कृष्ण रौनियार र पानालाल भगतलाई छानेको छ । सन्तोष राई, टेकबहादुर मगर, रेवत कुमार रोक्का, किरणकुमार साह र मनोज कटुवाल पनि सदस्य चयन भएका छन् । 


माओबादी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईले उद्घाटन गरेको अधिवेशनमा पार्टी त्रियुगा नगर अध्यक्ष मानबहादुर राई, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य भोटराज राई, प्रदेश १ सचिब गजेन्द राई, त्रियुगा १४का वडाअध्यक्ष हेमराज मगरलगायतको उपस्थिति रहेको थियो ।