त्रियुगाका ८ वडामा सचिव हेरफेर

११ महिना अघि

२0८0 आश्विन १९ शुक्रबार
त्रियुगाका ८ वडामा सचिव हेरफेर

गाईघाट, असोज १९

त्रियुगा नगरपालिकाले वडा सचिवहरुको हेरफेर गरेको छ । गत साउनकै नगर कार्यपालिका बैठकले १६ वटामध्ये ८ वडामा सचिवहरुलाई आन्तरिक सरुवा गरे पनि कार्यान्वयन भने भर्खर भईरहेको छ । 


नगरपालिकाले १ नं. वडा जोगीदहका सचिव रमेश दनुवारलाई १४ नं. साउने सरुवा गरेको छ भने १४ नं. का रितकुमार राउतलाई ८ नं. वडा ल्याएको छ । १५ नं. वडाका कुमारसिंह थापालाई १ नं. मा ल्याएको छ भने. नगरपालिकामा कार्यरत दिपक पोखरेललाई १५ नं. वडा लगेको छ । 


त्यसैगरी रिक्त रहेको २ नं. वडामा १३ नं. वडामा कार्यरत सचिव मनकुमार थापालाई पठाएर कार्यालयमै कार्यरत सुशिला राउतलाई १३ नं. वडा खटाएको छ । ८ नं. वडा सचिव हिमाल दनुवारलाई ९ नं. पठाएको नगरपालिकाले ९ का अञ्जना कार्कीलाई १२ नं. मा खटाएको छ । १२ नं. की वडा सचिव निरु कार्कीलाई कार्यालयमा तानेको छ । 


नगरपालिकाले ८ वटा वडामा सचिव हेरफेर गरे पनि बाँकी ८ वटामा भने सचिवहरु यथावत रहेका छन् । वडा नं. ३, ४, ५, ६, ७, १०, ११ र १६ का सचिवहरुलाई नगरले हाललाई चलाएको छैन । 
सरुवा गरिएका सचिवहरु निजामति सेवा तथा तत्कालीन स्थानीय निकाय कर्मचारी हरु राजपत्र अनंकित द्वीतीय (खरिदार) र प्रथम श्रेणी (नायव सुब्बा)हरु छन् । 


नगरप्रमुख बसन्त बस्नेतले कर्मचारीलाई आवश्यक्ताका आधारमा वडा हेरफेर गरिएको बताए । उनले लामो समयसम्म एकै ठाउँमा काम गर्दा दिग्दारी हुने तथा नयाँ ठाउँको अनुभव सँगाल्न पाउँदा कर्मचारीहरुमा स्फुर्ती र ताजगी आएर सेवाग्राहीलाई चुस्त सेवा प्रवाह गराउने उदेश्यले सचिवहरुको आन्तरिक हेरफेर गरिएको मेयर बस्नेतल बताए ।