स्थापना दिवसमा किरापको बिबिध कार्यक्रम 

११ महिना अघि

२0८0 आश्विन १४ आईतवार
स्थापना दिवसमा किरापको बिबिध कार्यक्रम 

उदयपुर, असोज १४

किरात राई पत्रकार संघ (किरापसं)ले आफ्नो स्थापना दिवस बिबिध रचनात्मक र सृजनसिल कार्यक्रम गर्दै मनाएको छ । किरापसंले १६ औँ स्थापना दिवसको अवसर पारेर सरसफाई, पुरस्कार बितरण, सामान हस्तान्तरण, अन्तरक्रियालगायत बिबिध कार्यक्रम गर्दै मनाएको हो । 


जस अनुसार केन्द्रीय समिति र बिभिन्न जिल्ला शाखा तथा प्रवास समितिहरुले छुट्टाछुट्टै कार्यक्रम गरी दिवस मनाईरहेका छन् । स्थापना दिवसको उपलक्ष्यमा केन्द्रीय कार्यालय कोटेश्वर काठमाडौंमा आईतबार आयोजित एक कार्यक्रममा दुई पत्रकारलाई संघले पुरस्कारसहित सम्मान गरेको छ । 


सम्मानित हुनेहरुमा उदयपुरका पत्रकार गजेन्द्र राई र ओखलढुंगाका कुम्भराज राई रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताछो राई र किराप संघका अध्यक्ष अबतार राईले संयुक्त रुपमा पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गरे । 


संघका सचिव बुद्धि चामलिङका अनुसार कृषि वैज्ञानिक मदन राईले स्थापना गरिदिएको पुरस्कार अक्षयकोषमार्फत उनीहरुलाई जनही १० हजार नगदसहित पुरस्कृत गरिएस्को हो । अक्षयकोषको व्याजवापत आउने रकमबाट स्थापना दिवसको अवसर पारेर संघले वर्षेनी देशका बिभिन्न जिल्लामा क्रियासिल अगुवा पत्रकारहरुलाई पुरस्कार तथा सम्मान गर्दै आएको छ ।