अवैध काठसहित पक्राउ 

२0८0 आश्विन १0 बुधबार
अवैध काठसहित पक्राउ 

उदयपुर, असोज १०

यहाँको प्रहरीले अबैध काठसहित एकजनालाई पक्राउ गरेको छ । मंगलबार दिउसो २ः०० बजे जंगलबाट अज्ञातस्थलतर्फ लाँदै गरेको अवस्थमा त्रियगा नगरपालिका १२ स्थित हवाईफिल्डबाट दुलीचन सदा पक्राउ परेका हुन् । ४–५ जनाको टोलीले काठ बोकेर लादै गरेको प्रहरीको मोवाईल टोलीले भेटेर रोक्न खोज्दा अरु सबै भागेको त्रियुगा नगरपालिका ३ का ३६ वर्षीय सदा मात्र रहेकाले उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


सदाबाट प्रहरीले साल जातको अन्दाजी ८ क्युबिक फिट काठ बरामद गरेको छ ।  चिरान काठसहित पक्राउ परेका  सदालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक कार्वाहीको लागि डिभिजन बन कार्यालय बोक्से पठाइएको छ । 


डिभिजन वन कार्यालयका सूचना अधिकारी जागेश्वर साहले पक्राउ व्यक्तिमाथि कारबाही गर्न अदालतसँग बुधबार मात्र आदेश माग गरि पठाइएको बताए । उनका अनुसार बुधबार विहान मात्र पक्राउ काठ डिभिजनमा आईपुगेकाले नापजाँच कार्य भईरहेको छ ।