लागु औषधसहित ३ जना पक्राउ

२0८0 आश्विन ९ मंगलवार
लागु औषधसहित ३ जना पक्राउ

गाईघाट, असोज ९

उदयपुर प्रहरीले लागू औषध ब्राउन सुगरसहित यहाँका ३ युवालाई नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो त्रियुगा
नगरपालिका ३ ठाडीका ३२ वर्षीय करिकुमार निरौलासहित सोही ठाउँका थप २ जनलाई रंगेहात प्रहरीले नियनत्रणमा लिएको हो । 


त्रिनपा ३ कै मिलनचोकमा लागु औषध बिक्री बितरण भईरहेको भन्ने विशेष सुचनाको आधारमा खटेको जिल्ला प्रहरीको टोलीले खानतलास लिँदा निरौलाको साथबाट १ ग्राम ६८०मिलिग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगर फेला परेपछि नियन्त्रणमा लिइएको हो । 


्जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीका अनुसार सो कार्यमा सोही ठाउँका ४० वर्षीय रतनमणि भन्ने रोहित चौधरी र २४ 
 वर्षीय नागेश्वर चौधरीसमेत संलग्न रहेको पाएएपछि उनीहरुलाई पनि पक्राउ गरिएको हो । 


पक्राउपछि जिल्ला प््रहरीको हिरासतमा राखिएका उनीहरु तीनैजनालाई जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान सुरु भएको डिएस।पी चौधरीले बताएका छन् ।