एमाले र काँग्रेस छाडेर माओबादीमा

२0८0 आश्विन ४ बिहीबार
एमाले र काँग्रेस छाडेर माओबादीमा

उदयपुर, असोज ४

नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले एकपछि अर्को जनमुखी र राम्रा काम गर्दै जान थालेसँगै जनतामा माओबादीप्रति मोह बढ्दै गएको छ । जसले गर्दा देशभर बिभिन्न राजनीतिक दल त्यागेर माओबादीमा प्रवेश गर्ने लहर चले अनुसार उदयपुरमा पनि पछिल्लो समय बिभिन्न पार्टी परित्याग गरी माओबादीमा प्रवेश गरिरहेका छन् । 


यसै सिलसिलामा त्रियुगा नगरपालिका १४ मा नेकपा एमाले र नेपाली काँग्रेसका दर्जन अगुवा कार्यकर्ताहरु बिनाशर्त माओबादीमा प्रवेश गरेका छन् । पार्टीको ‘जनतासँग माओबादी–विशेष रुपान्तरण अभियान’ अन्तर्गत त्रियुगा नगपालिका १४ साउनेमा आयोजित कार्यक्रममा प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गरिएको छ । 


त्रिनपा १४ वडा पार्टी कमिटी अध्यक्ष बेदबहादुर राईका अनुसार कार्यक्रममा एमालेका सशक्त कार्यकर्ता भीमबहादुर राई, फडिन्द्र राई र काँग्रेसका चुडामणि राई पार्टी परित्याग गरी माओबादीमा प्रवेश गरेका हुन् । त्यस्तै सोही कार्यक्रममा स्वतन्त्र व्यक्ति विकास बिक पनि माओबादीमा प्रवेश गरेको अध्यक्ष राईले बताए । 


नवप्रवेशीहरुलाई पार्टी त्रियुगा नगर कमिटी सचिव तथा पूर्व वडाध्यक्ष कुरुङ राई र त्रिनपा १४ का वडाध्यक्ष हिमराज मगर, वडा कमिटी अध्यक्ष राईलगायत नेताहरुले स्वागत गरेका थिए । ‘घरघरमा माओबादी–जनजनमा माओबादी’ भन्ने नाराका साथ सञ्चालन भईरहेको ३ महिने रुपान्तरण अभियानको क्रममा पार्टीले हरेक वडाका गाउँबस्तीमा सामाजिक कार्य, सरसफाई, श्रमदानलगायत बिभिन्न गतिबिधिसहित प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गरिहेको त्रियुगा नगर कमिटी अध्यक्ष मानबहादुर राईले बताए । 


अभियानको क्रममा जिल्लाका ८ वटै स्थानीयतहका ७५ वटै वडामा पार्टी गतिबिधि भईरहेको र हरेक दिन एमाले र काँग्रेसलगायत बिभिन्न दल त्यागेर माओबादीमा प्रवेश गर्ने क्रम चलिरहेको माओबादी जिल्ला समन्वय समिति संयोजक बिनोद कटुवालले बताए । 


कटुवालका अनुसार यसअघि रौतामाई, ताप्ली, उदयपुरगढी र लिमचुङबुङ गाउँपालिका तथा चौदण्डीगढी नगरपालिका, बेलका र कटारी नगरपालिकाका बिभिन्न कार्यक्रममा एमाले र काँग्रेसका दर्जनौँ नेता कार्यकर्ता माओबादीमा प्रवशे गरेका छन् । नवप्रवेशीहलाई आआफ्नो अगुवाईमा हुने कार्यक्रममा पार्टी केन्द्रीय सदस्य गोपी अछामी, धनमाया बिक, मुक्साहाङ मेयाङबो तथा अनुशासन आयोग अध्यक्ष टंक राईलगायतले नवप्रवेशीहरुलाई स्वागत गर्ने गरेका छन् ।