सडकमा लुडपाट गर्न खोजेको आरोपमा ३ युवा पक्राउ 

२0८0 आश्विन ४ बिहीबार
सडकमा लुडपाट गर्न खोजेको आरोपमा ३ युवा पक्राउ 

उदयपुर, असोज ४

दिउसै मादक पदार्थ सेवन गरी सार्वजनिक सडकमा ढुंगा तेस्र्याएर लुटपाट गर्न खोज्ने ३ युवा प्रहरी नियन्त्रणमा परेका छन् । बुधबार दिउँसो अन्दाजी ३ः०० बजेको समयमा हातमा धारिलो हतियार छुरा देखाउँदै नानाथरी गाली वर्षाउदै मदन भण्डारी सडक अवरोध गर्न खोजेको आरोपमा चौदण्डीगढी नगरपालिका १० हडियामा युवाहरु पक्राउ परेका हुन् । 


चौदण्डीगढी १० खैराहाझोडास्थित मदन भण्डारी लोकमार्गमा ठूलठूला ढुंगा राखेर सडक अवरुद्ध गर्दै अपशब्द प्रयोग गर्ने आवागमन गर्न नदिएको आरोपमा सोही वडा हडियाका २० वर्षीय नारद बिक र १९ वर्षीय अर्जुन पण्डितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर रोशन थापाका अनुसार बिक र पण्डित तत्काल पक्राउ परे पनि उनीहरुसँगै रहेका सोही ठाउँका भोटे भन्ने १९ वर्षीय सन्तोष दनुवार भने फरार थिए । उनलाई खोजी गर्ने क्रममा बिहीबार फेला पारी पक्राउ गरिएको छ । 


सडक अबरुद्ध गर्दै गाली गलौज प्रयोग गरी लुटपाट गर्न खोजेपछि स्थानीयले जिल्ला प्रहरी कार्यालय उदयपुरमा खवर गरेका थिए । खवर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा र इलाका प्रहरी कार्यालय बेलटार तथा हडिया प्रहरी चौकीबाट खटेको छुट्टाछुट्टै टोलीको संयृुक्त प्रयासमा उनीहरुलाई नियन्त्रणमा लिइएको थापाले बताए । 


उनीहरुलाई थुनामा राखेर अुसन्धान सुरु भएको इन्सपेक्टर थापाले बताए । तीनैजनालाई जिल्ला अदालतबाट म्याद थपेर अभद्र व्यवहारको कुर मुद्धामा कारबाही अघि बढाइएको छ ।