संविधान दिवसमा १० कैदी रीहा

२0८0 आश्विन ३ बुधबार
संविधान दिवसमा १० कैदी रीहा

उदयपुर, असोज ३  

कारागार शाखा उदयपुरमा सजायरत १० जना कैदी बुधबार रिहा भएका छन् । यस वर्षको संविधान दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई कैदमुक्त गरेका हुन् ।

 

बिभिन्न अपराधमा संलग्न भई सरकारवादी मुद्दामा कारावास सजाय पाएर आधा कैद भुक्तान गरिसकेका असल आचरणका कैदीलाई बाँकी सजाय मिनाहा गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार राष्ट्रपति पौडेलले बाकी सजाय मिनाहा गरेपछि उनीहरू छुटेका हुन् ।

 

कारागार प्रमुख डिगम कार्कीका अनुसार कैदमुक्त हुनेहरुमा कर्तव्य ज्यान, सवारी ज्यान, चोरी तथा डाका अभियोगका छन् । जसमा उदयपुुका ८, भोजपुरका १ र सुनसरीका १ जना सजाामुक्त भएको जेलर कार्कीले बताए ।  

 

राष्ट्रिय चाडपर्वमा सजाय मिनाहा गरेर कैदमुक्त गर्ने प्रावधान अनुसार गृह मन्त्रालय, स्थानीय य्रशासन तथा प्रदेश समन्वय महाशाखाबाट प्राप्त पत्रअनुसार उनीहरूलाई जेलमुक्त गरि यताएको कार्कीले बताए ।