चुडामणि र मेलिनाको 'मुखले ठिक्क' म्युजिक भिडियो

२0८0 आश्विन २ मंगलवार
चुडामणि र मेलिनाको 'मुखले ठिक्क' म्युजिक भिडियो

बिन्द्र राई                                 

उदयपुर,असोज २                                      

उदयपुरका युवा चुडामणि मगरले मेलिना राईको स्वराङकन रहेको 'मुखले ठिक्क बनाउने' बोलको म्यूजिक भिडियो बजारमा ल्यएका छन् । 


त्रियुगा नगरपालिका १४ धापखर्क स्थायी घर भएका मगर हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् । तारावीर पान्डेद्वारा छायांकन गरिएको यो लोकदोहोरी म्यूजिक भिडियो मगरले मलेसियामा कामको ब्यस्तताको बाबजुद पनि  सङ्गीीमा योगदान गरेको जानकारी दिए। 


भिडियोमा उदयपुरकै मोडल टम्पसेर राई र अञ्जली अधिकारीले गरेका छन् । गीतमा सङ्गीत भद्र नकलले र एरेन्ज कुमार सानू पुनले गरेका छन् ।   


मगरका 'वीर गोर्खाली','कान्छीको जवानी', 'उदायो बिहानी' र 'भुल' नीमका म्यूजिक भिडियो यसअघि बजारमा  आईसकेका छन् ।