यो वर्षको तिज र विश्वकर्मा पुजा भव्य र शान्तिपूर्ण

२0८0 आश्विन १ सोमबार
यो वर्षको तिज र विश्वकर्मा पुजा भव्य र शान्तिपूर्ण

उदयपुर, असोज १ 

हिन्दु नेपाली महिलाको चाड तिज यो वर्ष उदयपुरमा सदा झैँ भव्य रुपमा मनाइएको छ । नारीहरुलाई माईतीपक्षले घरमा बोलाएर मिठामिठा खानेकुरा (दर) खुवाउने यो चाड सामुहिक र पारिवारिक रुपमा मनाइएको हो । 

 

खासगरी बिबाहित महिलाहरुले पतिको आयु आरोग्यको कामना गर्दै ब्रत बस्ने तथा भेटघाट र शुभकामना आदानप्रदान गरी मनाइने तिज अबिबाहित र पुरुषहरुले पनि उत्तिकै उत्साहका साथ मनाएका छन् ।


तिजको अवसरमा सदरमुकाम गाईघाटस्थिसत लोकतान्त्रिक चोकमा सामुहिक तिज विशेष कार्यक्रम गरी नाचगान कार्यक्रम सम्पन्न भयो । अन्य स्थानीयतहका बजार गाउँघरमा पनि बिबिध कार्यक्रम गरी तिज मनाइएको स्थानीयहरुले बताएका छन् । यो वर्षको तिज भव्य र शानितपूर्ण रुपमा सम्पन्न भएको खवर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

 

त्यसैगरी आजै परेको विश्वकर्मा पुजा पनि धुमधामसँग मनाइएको छ । विशेष गरी फलामजन्य कारखाना र पसलहरुमा पुजा आराधना गरी मनाइने विश्वकर्मा पुजाको दिन कारखाना, पसल, व्यापार र घरघरका फलामजन्य सामग्रीको पुजा गरेर मनाइएको छ ।