भीम र्राइको अध्यक्षतामा श्रमजिवी मिडीया सञ्जाल 

२0८0 आश्विन १ सोमबार
भीम र्राइको अध्यक्षतामा श्रमजिवी मिडीया सञ्जाल 

इलाम, असोज १

भदौ २९ र ३० गते इलामको सन्दकपुरमा सम्पन्न प्रेस सेन्टर नेपालको दुईदिने प्रदेशस्तरीय मिडीया सम्मेलनले  खोटाङका पत्रकार भीम राईको संयोजकत्वमा प्रदेश न १ स्तरीय श्रमजीवि मिडीया सञ्जाल गठन गरेको छ । श्रमजिवी पत्रिकार र संचारमाध्यामको े हक हितमा केन्द्रित भएर अघि बढ्ने उदेश्यले सञ्जाल गठन गरिएको हो । 


११ सदस्यीय समितिमा, इलाम११ राम योङहाङ सचिव चयन भएका छन् भने सदस्यहरुमा मोरङका अर्जुुन आचार्य र मोहन भट्टराई, झापाका झुलन रेग्मी, लिलाराज झापाली, सत्यनारायण शर्मा, उदयपुरका विक्रम राई, ताप्लेजुुङकी एलिना दियाली छन् भने सुनसरीका प्रमोद यादव रहेका छन् । 


सम्मेलनले सञ्जालको सल्लाहाकारमा सुनसरीकी पत्रकार गंगा बराल, उदयपुरका महेश्वर चाम्लिङ र झापाका दिपिन राईलाई छानेको प्रेस सेन्टर नेपालका १ नं. प्रदेश अध्यक्ष बिनोद घिमिरेले बताएका छन् ।