लागू औषधसहित पक्राउ ३ युवालाई म्याद थपेर अनुसन्धान

२0८0 आश्विन १ सोमबार
लागू औषधसहित पक्राउ ३ युवालाई म्याद थपेर अनुसन्धान

उदयपुर, भदौ ३१
गत शनिबार राति ८ः३० बजे प्रतिबन्धित लागूऔषधसहित पक्राउ ३ युवालाई जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको छ । कटारी ८ बर्मी स्थायी घर भई कटारी ४ को कान्छी बजारमा कोठा भाडामा लिएर बस्दै आएका २२ वर्षीय बिशाल तामाङ लागू औषध कारोबारी भएको आशंकामा पक्राउ परेका थिए् । 


उनको कोठामा लागु औषध ओसारपसार तथा बिक्री बितरण भईरहेको भन्ने गोप्य सुचनाको आधारमा खटेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी सहायक निरीक्षक (असई)सहितको टोलीले उनलाई प्रतिबन्धी लागू औषधसहित पक्राउ गरेको थियो । 


कोठामा खानतलासी लिने क्रममा  प्रतिबन्धित लागु औषध ट्रामाडोल चक्की ७० थान, स्पासपेन १३० चक्की र गाँजाको चोप र केमिकल मिसाएर बनाइएको पोलाण्ड नामक जिनिस १२६ ग्राम लागू अँैषध बरामद भएको थियो । सो घट्नामा अन्य दुई युवासमेत संंलग्न भएको पाइएपछि तामाङसँगै कटारी ८ बर्मीकै २७ वर्षीय सोमकृष्ण राई र कटारी ३ का २० वर्षीय करण तामाङ पक्राउ परेका थिए । 


उनीहरुलाई इलाका प्रहरी कार्यालयकटारीको हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्याल उदयपुरले जनाएको छ । घट्नाको यथार्थ पत्ता लगाउन जिल्ला अदालतबाट १२ दिनको म्याद थपेर उनीहरुमाथि थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताएका छन् ।