डा. माथि कुटपिट बिरुद्ध अस्पताल बन्द 

२0८0 भाद्र २९ शुक्रबार
डा. माथि कुटपिट बिरुद्ध अस्पताल बन्द 

गाईघाट, भदौ २९

३ दिनअघि मकवानपुरका चिकित्सकमाथि कुटपिट गरेको बिरोधमा उदयपुर जिल्ला अस्पतालको सेवा शुक्रबार ठप्प पारिएको छ । अस्पतालका स्वास्थ्यकर्मी समूहले डा. माथि कुटपिट गरेको घट्नाबिरुद्ध सेवा ठप्प पारेको हो । 


्जनताको स्वास्थ्जस्तो सेवामा समर्पित चिकित्सकमाथि कार्यकक्षमै हातपात गर्नु घोर अन्याय भएको भन्दै त्यस्तो गतिबिधिबिरुद्ध देशव्यापी आन्दोलन गर्ने स्वास्थ्यकर्मी संघको घोषित कार्यक्रम अनुसार जिल्ला अस्पतालको सेवा पनि ठप्प पारिएको हो । 


स्वास्थ्यकर्मीको आव्हानमा भएको कार्यक्रम अनुसार शुक्रबार विहानदेखि टिकट काउन्टर बन्द भएकाले ओपिडीको कुनै सेवा सुचारु नभएको अस्पतालले जनाएको छ । टिकट काउन्टर नै नखुलेपछि बिरामी आउनै नपाएकाले सँधै भिडभाड हुने अस्पताल सुनसान रहेको छ । 


हरेक दिन ५ सयदेखि १ हजार ५ सय हाराहारी बिरामी अस्पताल आउने गरेकोमा आन्दोलनका कारण सुनसान भएको हो । अस्पताल आएका सेवाग्राहीहरु काउन्टर बन्द देखेर फर्केका थिए । नियमित औषधि सेवन गर्ने तथा चेकजाँच गर्ने सेवाग्राहीलाई अस्पताल बन्दले मार्कामा पारेको सेवाग्राहीहरुको गुनासो छ । 


्स्वास्थ्य बिमा गरेका बिरामीले अस्पतालबाट निशूल्क औषधि पाउने हुँदा त्यसको आसले आएकोमा बन्दका कारण त्यत्तिकै फर्कनु परेको दुखेसो उनीहरुको छ ।