साकेलामा गर्भवति र सुत्केरीलाई 'प्रत्येक बार खाना चार' कार्यक्रम

२0८0 भाद्र २८ बिहीबार
साकेलामा गर्भवति र सुत्केरीलाई 'प्रत्येक बार खाना चार' कार्यक्रम

उदयपुर, भदौ २८

खोटाङको साकेला गाउँपालिकाले गर्भवती र सुत्केरी भेटघाट कार्यक्रम सञ्चालनमा ल्याएको छ । जस अनुसार गत मंगलबार स्वास्थ्य चौकी खिदिमामार्फत.३ बोरा टोलस्थित १ सुत्केरी महिलासँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ । सुत्केरीसँग भेटघाटको क्रममा ‘हरेक बार खाना चार’को साथ सुत्केरी र बच्चाको लागि हाईजिन किट उपलब्ध गराइयो । 


हरेक बार खाना चार अन्तर्गत गर्भवती÷सुत्केरी महिलाले ताकतिलो, झोलिलो पदार्थ र सफा खानेकुरा खानुपर्ने नियम रहेको स्वास्थ्य चौकी खिदिमाका प्रमुख कमलप्रसाद फुयालले बताए । कार्यक्रमले पोषणमैत्री स्थानीय टोल घोषणा र पूर्ण सरसफाई अभियानलाईसमेत सहयोग पुग्ने गरी यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

सुत्केरी महिललाई सहयोगका लागि चालु वर्ष ३ नम्बर वडाले ३० हजार रुपैंया बजेट बिनियोजन गरेको र सोही बजेटबाट उक्त कार्यक्रम सञ्चालन भईरहेको छ । 
सुत्केरी भेटघाटका लागि गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, ३ नम्बर वडाध्यक्ष गोविन्द तामाङ, साकेला अस्पतालका डा. किसन घिमिरे, गाउँपालिका स्वास्थ्य प्रमुख रीता ढकाल, पोषण संयोजक नविन राई, खिदिमा स्वास्थ्यचौकी प्रमुख फुयालसहित अन्य स्वास्थ्यकर्मीहरुसमेत उपस्थित थिए । 


सुत्केरी भेटघाट कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिदै लान आवश्यक बजेट बिनियोजन गर्दै लाने कार्यक्रम रहेको उपाध्यक्ष बिर्सिका राईले बताईन् । सुत्केरी भेटघाट कार्यक्रमका लागि चालु आ.व. २०८०÷०८१ मा गाउँपालिकाले बिभिन्न वडाहरुले बजेट विनियोजन गरेको पनि उपाध्यक्ष राईले बताईन् । 


१ नं. वडा बाँझेच्यानडाँडाले पोषिलो आहार शीर्षकमा ३० हजार, २ रतन्छाले ३० हजार, ३ खिदिमाले सुत्केरीलाई पोषण नाङ्लो कार्यक्रम शीर्षकमा ३० हजार र ४ नम्बर मात्तिमले स्वास्थ्यसँग जनप्रतिनिधि सुत्केरी परामर्श खर्च शीर्षकमा ६० हजार  बिनियोजन गरेको जनाइएको छ ।