ट्रकले ठक्कर दिँदा असई बस्नेतको निधन

२0८0 भाद्र २७ बुधबार
ट्रकले ठक्कर दिँदा असई बस्नेतको निधन

उदयपुर, भदौ २७

बुधबार  सवारी दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय उदयपुर अन्तर्गत प्रहरी चौकी भागलपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) श्रीकुमार बस्नेतको निधन भएको छ । 


बुधबार पूर्वबाट आउादै गरेको ना ४ ख ८१६३ नं. को ट्रकले प्रदेश १–०२–०५१ प ६४७८ नं. को मोटरसाईकललाई ठक्कर दिँदा ४५ वर्षीय असई बस्नेतको घट्नास्थलमै निधन भएको हो । गाईँघाटबाट आफ्नो कार्यक्षेत्र भागलपुर जाने क्रममा मदन भण्डारी लोकमार्गको बेलटार–गाईघाट खण्डमा पर्ने चौदण्डीगढी नगरपालिका ९ ज्यामिरे कठुवाबारीमा उनी दुर्घटनामा पर्दा घट्नास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  । 


उदयपुरको ताप्ली गाउँपालिकास्थित प्रहरी चौकी रामपुर झिल्केमा दरबन्दी भई प्रहरी चौकी भागलपुरको इन्चार्जमा कार्यरत सुनसरीको इटहरीका स्थायी बासिन्दा भएको बताइएके छ । बस्नेतका २ छोरी र प्रहरी सेवामै कार्यरत श्रीमति गर्भवति रहेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 


उनी जिल्ला प्रहरी कार्यालयले बोलाएको युटिन प्रमुखहरुको बैठकमा सहभागी भएर कार्यक्षेत्र फर्कने क्रममा दिउँसो १ः३० बजे दुर्घटनामा परेका हुन् । भर्खर सरुवा भई आएका जिल्ला प्रहरी प्रमुखले बुधबार बोलाएको पहिलो युनिट बैठकमा सहभागी भएर कार्यक्षेत्र फर्कदै गर्दा यस्तो दुःखद घट्ना भएको प्रहरीले जनाएको छ । 


दुर्घंटनालगत्तै फरार रहेका ट्रक चालक बाँके जिल्लाको कोहलपुर नगरपालिका १३ भैरहवाका ३८ वर्षीय बिमल परियार केही बेरमै नियन्त्रणमा परेका छन् । ट्रक र चालक दुवैलाई हिरासतमा राखेर अनुसन्धान सुरु भएको जनाइएको छ ।