समाजबादी मोर्चाको प्रदेश सभाः कोशी प्रदेश खारेजको माग 

२0८0 भाद्र २५ सोमबार
समाजबादी मोर्चाको प्रदेश सभाः कोशी प्रदेश खारेजको माग 

बिराटनगर, भदौ २५

सोमबार रिाटनगरमा आयोजित ‘समाजवादी मोर्चा’ले को प्रदेशस्तरीय सन्देशसभाका अधिकांश वक्ताले कोसी प्रदेश खारेजीको माग उठाएका छन् । मोर्चाको सन्देशसभामा बोल्ने नेकपा (माओबादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि जनता समाजबादी पार्टी अध्यक्ष उपेन्द्र यदवसम्म र नेकपा (एकीकृत समाजबादी)का प्रदेश अध्यक्ष बलदेव चौधरीदेखि जसपा प्रदेश इन्चार्ज रकम चेम्जोङ र अध्यक्ष दिपक याख्खासम्मले कोसी प्रदेश खारेज गर्नुको बिकल्प नभएकोमा जोड दिएका छन् ।

 

कार्यक्रमको स्वागत मन्तव्य राख्दै नेकपा (एस)का अध्यक्ष चौधरीले प्रदेशको ‘कोसी’ नाम जनताले अस्वीकार गरिसकेकाले पहिचानको आधारमा नाम राख्न जोड दिए । ‘१ नं. प्रदेशको नामाकरण गर्दा पहिचानलाई निशेध गरिएको हुनाले अहिले महिनौदेखि आन्दोलन चर्किरहेको छ’ चौधरीले भने ‘पहिचानपक्षधरको सशक्त आन्दोलनले त्यसको पुष्टि गरिसकेको हुनाले १ नं. प्रदेशको नाम पहिचानको आधारमा संशोधन गर्नुको बिकल्प छैन ।’ 

 

अर्का वक्ता जनता समाजबादी पार्टीका प्रदेश इन्चार्ज रकम चेमजोङले पहिचानबिरोधी नाम कोसीलाई जनताले पटक्कै नरुचाएको भन्दै नाम संशोधन गर्नेतर्फ लाग्न सुझाए । उनले पहिचान खोला नदी र ढुंगा माटोले नभएर मान्छेका लागि चाहिएको भन्दै प्रदेशबासी जनताको भावनाको कदर गर्दै पहिचानमा आधारित प्रदेश नामाकरण गर्न संशोधनको माग गरे । 

 

जसपाकै आध्यक्ष उपेन्द्र यादवले १ नं. प्रदेशमा नामाकरणसँगै शान्ति सुरक्षा खल्बलिएको भन्दै पहिचानको आधारमा नामाकरण गर्नु नै अन्तिम बिकल्प भएको बताए । पहिचान दिदा कसैको केही नजाने बरु स्थायी शान्ति आउने भन्दै उनले महेश प्रदेश नामाकरणपछि महेशमा शान्ति कायम भएकाले अव विकासमा मात्र जोड दिन थालेको उदाहरण दिए । 

 

प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १ नं. प्रदेशको नामाकरणमा गल्ती भएकैले आन्दोलन चकिएको बताउँदै वार्ता र छफलबाट समस्या समाधान गर्नुपर्ने बताए । उनले कोसी नामाकरणले प्रदेशमा आन्दोलन चर्काएको भन्दै पहिचानको पक्षमा नामाकरण गर्ने कुरामा आफु सुरुदेखि नै रहेको रु भविष्यसम्म रहिरने बताए । म राजनीतिक लडाइँमा छु' सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले भने 'हतियारविहीन युद्धमा छु, तपाईहरूले साथ दिनु प¥यो ।’


कार्यक्रममा नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द (बिप्लब) र एसका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष यादव र प्रचण्ड सबैले नेपालमा समाजबादी मोर्चाको आवश्यक्ता र औचित्य पुष्टि गर्ने प्रयास गरेका थिए । ‘विप्लव’, यादव र नेपालले प्रधानमन्त्री प्रचण्डको कामलाई राम्रो गरेको संज्ञा दिदै देशलाई समाजबादी बाटोमा अघि बढाउन यो सरकारले थालेको काममा साथ दिन आग्रह गरेका  िथए ।


यादव, विप्लव र नेपालले प्रधानमन्त्री प्रचण्डको प्रशंसा गर्दै बिगत जनयुद्धकालमा र अहिले सरकारमा रहेर गरेको कामको तारिफ गरेका थिए ।  बिप्लबले जनयुद्धका कमाण्डर, सर्वोच्च नेता हुँदै हिजो सामन्तबादीको जरोकिलो उखेल्ने प्रचण्डले अहिले सरकारमा रहेर भ्रष्टाचारी र दलाल पुँजीवादका विरुद्धमा सशक्त काम गरिरहेको बताए । उनले सरकारबाट राम्रो काम गर्ने प्रचण्डलाई सडकबाट आफुले साथ दिने प्रतिबद्धता पनि जनाएका थिए ।