शिक्षक भर्ना अनियमित भएको भन्दै स्कुलमा ताला 

२0८0 भाद्र २४ आईतवार
शिक्षक भर्ना अनियमित भएको भन्दै स्कुलमा ताला 

बिन्द्र राई,

उदयपुर, भदौ २४ 

शिक्षक भर्ना गर्दा अभियमितता र मिलेमतो भएको भन्दै उदयपुरको एक विद्यालयमा तालाबन्दी भएको छ । त्रियुगा नगरपालिका ४ बगाहास्थित राष्ट्रिय माविले शिक्षक भर्ना गर्दा चरम मिलेमतो र अभियमितता गरेको भन्दै अभिभावहरुले आईतबार विहान प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको कार्यकक्षमा ताला लगाएका हुन् । 


विद्यालयले मावितहमा राहत दरबन्दीको शिक्षक भर्नाइ गर्न गत १५ गते परीक्षा सञ्चालन गरेकोमा नतिजा प्रकाशन गर्दा अनियमिता भएको बिरोधमा तालाबन्दी भएको हो । शिक्षा विकास तथा समन्वय इकाई गाईघाटमा सञ्चालित परीक्षाको नतिजा प्रकाशन गर्द आफु निकट उम्मेदवारलाई मात्र उत्तिर्ण गराएको भन्दै तालाबन्दी गरिएको एक अभिभावकले बताए । 


अभिभावहरुले प्रअ यादव बस्नेत र व्यवस्थापन समिति अध्यक्ष रबि राईको कार्यपक्षमा अनिश्चितकालीन तालाबन्दी लगाएका छन्  । उनीहरुले अबैधानिक शिक्षक छनोट परीक्षा रद्द गर्न माग गर्दै पुनः विज्ञापन गरेर भनाई गर्न माग गरेका छन् । 


उनीहरुले यथाशीघ्र अभिभाव भेला बोलाएर यस्ता गलत क्रियाकलाप सार्वजनिक गर्न पनि माग गरेका छन् । त्यसका लागि अभिभावहरुले स्थानीय राजनीतिक दलको प्रतिनिधित्वमा सयुक्त संघर्ष समिति गठनसमेत गरेका छन् । 


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबि राईले शिक्षक भर्ना गर्न सञ्चालित परीक्षामा धाँदली नभएको भन्दै कार्यकक्षमामा लगाइएको ताला खोल्न आग्रह गरेका थिए । अध्यक्ष राईले उत्पन्न बिबादको शान्तिपूर्ण समाधानको उपाय खोज्न वार्ता र छलफल गर्ने आश्वासन दिएपछि मध्यान्ह ताला खोलिएको छ ।
 

प्रअ र छनौट समितिले विद्यालयमा एमालेकरण गरेको भन्दै नेपाली काङ्ग्रेस, राप्रपा, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजबादी)लगायत राजनीतिक दलहरुको प्रतिनिधित्वमा सयुक्त संघर्ष समिति गठन गरेर आन्दोलन सुरु गरेका छन् । माओवादी नगर सचिवालय सदस्य योगेन्द्र अधिकारीले शिक्षण संस्थजस्तो पबित्र स्थलनमा राजनीतिकरण गर्नु अशोभनीय भएकाले बिधि र पद्धटिका लागि आफुहरुले प्रश्न उठाएको बताए । 


शैक्षिक क्षेत्रमा हुने गरेको यस्ता बिकृती बिसङ्गति, बेतिथी र अनियमितताको बिरुद्ध सबै अभिभावक सचेत भएर लाग्नुपर्ने संघर्ष समितिले जनाएको छ ।