लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ                                        

२0८0 भाद्र २३ शनिबार
लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ                                        

बिन्द्र राई

उदयपुर, भदौ २३  

 

उदयपुर प्रहरीले लागूऔषध मुद्दाका एक फरार अभियुक्तलाई नियन्त्रबणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत  बेलका नगरपालिका(४ बिज्ञान टोलका ३० वर्षीय कान्छा भन्ने दानबहादुर माझी पक्राउ परेका हुन् । 


माझीलाई शुक्रबार राति ८ः४० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताए । उनका अनुसार घरमै लुकिछिपी बसेको अवस्थामा भेटेर उनलाई इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको टोलीले नियन्त्रणमा लिएको हो । 


माझी जिल्ला अदालत उदयपुरको २०७९ वशाख २२ गतेको फैसला अनुसार लागूऔषध मुद्दा २ महिना कैद सजायको भागीदार हुन् । तर, फैसलालगत्तैदेखि फरार रहेका उनलाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएको छ । 


उनलाई इप्रकामा आवश्यक अनुसन्धानपछि फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको छ ।