जीवन आरोहीलाई 'सवोच्कृष्ट कवि'को पुरस्कार

२0८0 भाद्र २२ शुक्रबार
जीवन आरोहीलाई 'सवोच्कृष्ट कवि'को पुरस्कार

बिन्द्र राई 

उदयपुर, भदौ २२

उदयपुरको युवा कवि जीवन राई (आरोही) राष्ट्रपतिबाट  पुरस्कृत भएका छन् । उनलाई नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौले सर्बोत्कृष्ट कविको रुपमा पुरस्कृत गरेको हो । 


प्रतिष्ठानको ६६ औ वार्षिकोत्सवको अवसरमा शितल निवासमा आयोजित एक विशेश समारोहमा कवि आरोहीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कृत गरे । राष्ट्रिय कविता महोत्सव २०८० को अवसरमा आयोजित देशव्यापी कविता प्रतियोगितामा सर्वोत्कृष्ट रचना र वाचन गरेको भन्दै आरोहीलाई पुरस्कृत गरिएको हो । 


गत असार ९ गते आयोजित प्रतियोगिताको नतिजा अनुसार पुरस्कार  बितरण भएको हो । कविता महोत्सवमा आरोहीले प्रश्नहरुको विज्ञप्ती शीर्षकको कविता वाचन गरेकान थिए । उनको कविता सर्वोत्कृष्ट रचनाको रुपमा छनौट भएको थियो । 


लामो समयदेखि उदयपुरको साहित्यक्षेत्रमा कलम चलाउदै आएका पेशाले शिक्षक कवि आरोही उदयपुरको रौतामाई गाउँपालिका ५ रसुवाका स्थायी बासिन्दा हुन् ।