बेलकाको चार्जिङ स्टेशन खुल्यो, लामो दूरीका इभिलाई सहज

२0८0 भाद्र २१ बिहीबार
बेलकाको चार्जिङ स्टेशन खुल्यो, लामो दूरीका इभिलाई सहज

उदयपुर, भदौ २१


नेपाल विद्युत प्राधिकरणले बेलकामा २ वर्षअघि बनाएको विद्युतीय चार्जिङ स्टेशन  सञ्चालनमा आएको छ । बेलका नगरपालिका ९ रामपुरबजारस्थित बसपार्कमा प्राधिकरणले झण्डै २ करोड लागतमा निर्माण गरेको स्टेशन बुधबारदेखि सञ्चालनमा आाएको हो । 


प्राधिकरणले देशभर बनाएका ५२ चार्जिङ स्टेशनको बुधबार एकैदिन उद्घाटन गरेसँगै बेलकाको पनि सञ्चालनमा आएको हो । बेलका बसपार्कमा निर्मित स्टेशनमा एकैचोटी २ वटा गाडी चार्ज गर्न मिल्ने छ । यो स्टेशन सञ्चालनमा आएसँगै विद्युतीय गाडी (इभि)हरु चलाउन सहज भएको छ । 


लगभग ३ वर्षयता धरान–चतारा–गाईघाट–कटारी–भिमान भएर निर्माणधीन मदन भण्डारी लोकमार्ग भएर राजधानी काठमाडौँ आउजाउ गनै गाडीहरुमध्ये इभिको संख्या ह्वात्तै बढेको छ । 


तर, सो रुटमा चल्ने इभिका लागि इटहरी र सिन्धुलीमा मात्र स्टेशन रहेकाले लामो दूरीमा यात्रा गर्न चार्ज गर्ने समस्या थियो । बेलकाको चालु भएपछि धेरै सहज भएको गाईघाटका इभि चालक रमेश कार्कीले बताए । गाईघाटका गाडीहरुका लागि व्यवसायहरु आफै मिलेर त्रियगा ९ गहिरुनमा सानो क्षमताको चार्ज स्टेशन खोेलिएको तर, त्यसिमा एउटा मात्र गाडी चार्ज गर्न मिल्ने छ । 


बेलकको स्टेशन नहुँदा गाईघाटबाट पूर्वतर्फ जाने गाडीहरु इटहरीसम्म पुग्नुपर्ने बाध्यता थियो भने पश्चिमतर्फ हिडेका इभिहरु सिन्धुलीमा चार्ज गर्नुेपथ्र्यो । बेलकामा स्टेशन सञ्चालनमा आएपछि पूर्वतर्पm जाने इभिहरुलाई धेरै सहुलियत भएको अर्का चालक बिबेक लामाले बताए । 


०७५ मा कोविड कहरको लकडाउन र २ वर्षअघि रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य आकाशिएपछि नेपाली यातायात बजारमा इभिको प्रवेश भएको हो । पहिछल्लो ६ महिनायता इभि नेपाल भित्रिने संख्या ह्वात्तै बढेको छ ।      गाईघाटमा गएको ६ महिनामा १९ वटा इभि जिप भित्रिसकेको गाईघाट संयुक्त बुकिङ काउन्टरका अध्यक्ष लक्ष्यजङ ठकुरीले बताए । 


विद्युतबाट चल्ने भएकाले इभिमा यात्रा गर्दा डिजेल र पेट्रोलको गन्ध नआउनुका साथै इन्जिनको आवाज नआउने हुनाले आरामदायी मात्र नभएर सस्तो पनि पर्ने ठकुरी बताउँछन् ।