साकेलामा प्रवक्ता तोकियो

२0८0 भाद्र १९ मंगलवार
साकेलामा प्रवक्ता तोकियो

साकेला, भदौ १९

खोटाङको साकेला गाउँपालिकाको प्रवक्तामा जीवन खत्री तोकिएका छन् । गाउँपालिकाको भर्खरै सम्पन्न कार्यपालिका बैठकको निर्णय अुनसार वडा नं. ५ का वडाध्यक्ष खत्रीलाई गाउँपालिकाको प्रवक्ता तोकिएको हो । 


स्थानीयतह निर्वाचन भएको वर्षदिन नाघिसके पनि प्रवक्ता तोकिएको थिएन । प्रवक्ता तोक्ने कार्यपालिका बैठकको निर्णय अनुसार खत्रीलाई नियुक्त गरिएको गाउँपालिका अध्यक्ष्ग रबिप्रकाश राईले बताए । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ३५ बमोजिम कार्यालयको काम कारवाहीको विषयमा सरोकारवालादेखि सर्वसाधारणसम्मलाई सार्वजनिक जानकारी दिन प्रवक्ता तोक्ने पर्ने व्यस्था रहेको अध्यक्ष राईले बताए । 


्राईका अनुसार गाउँपालिकाबाट भए गरेका गतिबिधिहरु र कार्यपालिका बैठकले गरेका निर्णयहरुको आधिकिारिक जानकारी प्रवक्तामार्फत गराउने कानुनी व्यवस्था रहेको छ । गाउँपालिकाले संपादन गरेका कामहरुबारे स्थानीयबासी नागरिकहरुलाई आधिकारिक रुपमा जानकारी गराउने काम प्रवक्ताले गर्ने अध्यक्ष राईले बताउ । प्रवक्तालाई थप सेवासुविधाको भने व्यवस्था नहुने बताइएको छ ।


प्रवक्ता खत्री गत ०७९ वैशाख ३० गते सम्पन्न स्थानीयतह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट साकेला गाउँपालिका ५ का निर्वाचित वडाध्यक्ष हुन् ।