पोखरा र गौतमबुद्ध एयरपोर्ट पिपिपि मोडलमा लगिन्छ : मन्त्री किराती

२0८0 भाद्र १७ आईतवार
पोखरा र गौतमबुद्ध एयरपोर्ट पिपिपि मोडलमा लगिन्छ : मन्त्री किराती

विराटनगर, १७ भदौ

सरकारले अरबौंको लगानीमा निर्माण गरिएको लुम्बिनीस्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थललाई पिपिपि मोडलमा संचालन गर्ने तयारी गरेको छ । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले दुई विमानस्थलको व्यवसायीक संचालन गर्नका लागि पिपिपि मोडलमा जानुपर्ने आफ्नो धारणा रहेको पनि सुनाए । 


त्यसका लागि नागरिक उड्डययन प्राधीकरणबाट निर्णय गरेर मन्त्रालयमा पठाउने तयारी भएको पनि उनले खुलाए । विराटनगरमा प्रेस सेन्टर मोरबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यि दुई विमानस्थललाई व्यवसायीक प्रयोजनमा ल्याउनका लागि पिपिपि मोडलमा जानुपर्छ भन्ने मेरो विचार छ । हामी छिट्टै नागरिक उड्डयन प्राधिकरणबाट निर्णय गरेर मन्त्रालय हुँदै क्याबिनेटमा लाने हाम्रो तयारी भइरहेको छ ।’


उनले अरबौंको लगानीमा बनेका अन्तराष्ट्रिय विमानस्थलहरु संचालन गर्न सुरु भइसकेको जनाउँदै जहाज उडाएर प्रमाणित भइसकेको पनि बताए । ।।।भुटानबाट पोखरा, नेपाल एयरलाइन्सबाट क्वालालम्पुरबाट भैरहवा, भैरहवाबाट काठमाडौ काठमाडौंबाट हब्कब्, फेरि क्वालालम्पुरबाट काठमाडौं काडमाडौंबाट दिल्ली, कोलम्बो ट्रान्जिट फ्लाइट  बनाउन सुरु गरेका छौँ ।,’ उनले भने, ‘गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थल अरबौं लगानी गरेर बनाएको हो । यसलाई संचालन गर्नुपर्ने दायित्व छ । 


हाम्रो लेबलमा कुटनीतिक पहल भइरहेको छ र भारत भ्रमणमा जाँदा पनि प्रधानमन्त्रीज्यूले हवाइ रुटको विषयमा कुरा गर्नुभएको छ र चाइना भ्रमणमा जाँदा पनि त्यो स्तरको छलफल हुन्छ ।’ किराँतीले अन्तरप्रदेश उडान नहुनुको कारण सरकारी जहाज नहुनु रहेको बताए । ।।।सरकारी जहाज नभएको हुनाले बजारमा हामीले हस्तक्षेप बढाउन सकिएको छैन । नीजि क्षेत्रका जहाजहरुलाई घोक्रेठ्याक लगाएर लान पनि हुँदैन । उहाँहरु घाटा पर्नुभयो होला जान मान्नुभएन । तर, अब अन्तरप्रादेशिक उडान गर्ने हो,’ किराँतीले भने ।


यस्तै देशभरका २२ वटा विमानस्थलहरु खाली रहेको बताउँदै त्यस्ता एयरपोर्टलाई व्यवसायीक ढंगले संचालन गर्न सरकारले जहाज किन्ने उनले बताए । ।।।यहाँ नाफा चाहिं हुँदैन । राष्ट्रिय ध्वजाबहाहकको उत्तरदायीत्व मात्रै हो । घाटा हुन्छ । घाटा भएपनि राज्यले जनतालाई सुविधा दिनुपर्छ,’ किराँतीले भने, ।।।वर्षौं अगाडिदेखि ग्राउण्डेड भएको एउटा जहाज रहेछ । त्यो अब एक डेढ महिनाभित्र बन्दैछ । 


त्यसपछि हामीसँग तीनवटा हुन्छ । दुर्गम जाने गरी थप ३ वटा जाहाजहरु किन्ने अन्तिम तयारीमा हामी पुगेका छौं । त्यसपछि पहाडी जिल्लामा व्यवसायीक उडान गर्छौं ।’ तीनवटा जहाल प्राधिकरणले आफ्नै पैसाले किन्ने पनि उनले बताए । ‘हामी मन्त्रालयमा आएपछि अपरेसनल कस्टमा नाफामा गयौं । एकातिर पौने ४ अरब ऋण तिर्यौं । अर्कोतिर ३ वटा जहाज किन्न सक्ने भएका छौं’ किराँतीले भने ।


उनले हिंजो राजनीतिक प्रेसरको कारणले एउटा जिल्लामा ३ वटासम्म बिमानस्थल बनेको भन्दै अब आवश्यकताका आधारमा मात्रै विमानस्थल बन्ने बताए । ।।।भन्दा मान्छेलाई रिस उठ्छ । तर, विराटनगरमा यत्रो एयरपोर्ट छ, धरानमा अर्को एयरपोर्ट चल्छजस्तो मलाई लाग्दैन । यति नजिक–नजिक एयरपोर्ट बनाएर हामी के गर्न खोज्दैछौं । यो बसस्टेण्ड हो र ? यो त जहाज उड्ने हो नि । अरबौं खर्च गरेर एयरपोर्ट बनाउने अनि गाइ चराउने त हुनसक्दैन,’ उनले भने, ।।।बरु ८ लेनको रोड बनाए आधा घण्टामा धरानबाट विराटनगर आउने वातावरण बनाउनु पर्छ । बरु विराटनगरको विमानस्थल विस्तार गर्ने तिर लाग्नुपर्छ ।’


उनले विराटनगरबाट क्षेत्रीय उडानका लागि टर्मिनल भवन नयाँ बनेको उनले बताए । त्यसपछि न्यारोबडी जहाजहरु उडाउन सकिने उनको दाबी छ । ‘अहिलेलाई यति नै ाफी छ । सरकार आर्थिक हिसावले समस्यामा परेको छ । बनाउने फेरि नचलाउनु भन्दा भएकोलाई उपयोग गर्ने हो । त्यसलाई व्यवसायीक रुपमा संचालन गर्न नसक्दा राष्ट्रलाई घाटा हुन्छ । केही वर्ष यही क्षमताको विमानस्थलबाट क्षेत्रीय उडान गर्न सकिन्छ,’ किरातीले भने ।


उनले काठमाडौंको सिण्डिकेटलाई तोड्नकै लागि विराटनगर, पोखरामा जहाज बास बस्नुपर्ने भनेर निर्णय गरिएको स्मरण गरे । अर्को प्रसगंमा उनले ४६ सालपछि यति राम्रो काम गर्ने यो पहिलो सरकार भएको दाबी गरे । यही गठबन्धनको सरकार ५ वर्ष टिक्ने बताउँदे सहमतिलाई अक्षरस पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए । आफू मन्त्रीभएपछि अघिल्लो मन्त्रीहरुले नियुक्ति गर्न नसकेकाहरु नियुक्ति गरेको र अहिले विवाद तथा झैझमेला, मुद्दा मामिला पनि नपरेको उनले बताए ।


लाक्र्याल लामा राष्ट्रिय सहमतिको मान्छे भएको उनको भनाइ छ । काँग्रेसको पालामा गुम्बा विकास समितिको अध्यक्ष बनेको, एमालेको पालामा संविधानसभा सदस्य र अर्थराज्यमन्त्री बनेको भएपनि संवैधानिक निकायहरुले दोषि नभनेको उनले बताए । ।।।बुद्धिजममा पिएचडि गरेको, संविधानसभामा दुईपटक सदस्य बनेको, माओवादीको केन्द्रीय सदस्यलाई नियुक्ति गर्नु जायज काम हो । मान्छे विवादित होइन बनाइएको हो,’ किराँतीले भने । विरोध गरेर मात्रै आफू राम्रो भइन्छ भन्ने नेपाली संस्कृति रहेको उनले दाबी गरे । 

 

पृथ्वीनारायण साहले भ्रष्टाचारी देशका सत्रु हुन् भनेको भए पनि अहिले सरकारले कारबाहीको दायरामा ल्याएकाहरु उच्च तहका रहेको उनले बताए । पर्यटनको क्षेत्रमा नेपालको प्रकृति र संस्कृतिलाई ब्राण्डिब गर्नुपर्नेमा उनले जोड दिए । ‘हामीले देखाइने जात्रालाई विश्वमा ब्राण्डिब गर्न सकियो भने वा एक दिने जात्रालाई ५ दिने बनाएर लाखौं मानिस उतार्न सकियो भने, रैथाने फुड फेष्टीबलहरु गर्न सक्यौं भने हामीलाई फाइदा हुन्छ । हामीले त्यसखालका नयाँ कार्यक्रम बनाउन खोजिरहेका छौं’ किराँतीको भनाइ छ ।