उदयपुरमा अर्का फरार अभियुक्त पक्राउ 

२0८0 भाद्र १७ आईतवार
उदयपुरमा अर्का फरार अभियुक्त पक्राउ 

गाईघाट, भदौ १७

उदयपुर प्रहरीले अर्का फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको फरार अभियुक्त पक्राउ अभियान अन्तर्गत आईतबार मध्यान्ह १२ः०० बजे चौद्यण्डग्ढि िन्ग्ररप्ँील्क्ँ ३ कुसुमचौरीक्ँ ३३ व्क्षर््ँिइ सृजना राई पक्राउ परेकी हुन् । 


उनलाई बैंकको चेक अनादर मुद्दा (चेक बाउन्स) मा ०७७ माघ २८ गते सम्मानित उदयपुर जिल्ला अदालत उदयपुरले ३ हजार रुपैँया जरिवाना तोकेको थियो । तर, फैसलादेखि नै फरार रहेकी उनलाई खोज तलास गर्ने क्रममा इलाका प्रहरी् कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरीक्षकसहितको टोलीले घरमै लुकिछिपी बसेको अवस्थामा 
 पक्राउ गष्ेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकोा छ । 


पक्राउ राईलाई इलाका प्रहरी कार्यालय बेल्टारमा ल्याई आवश्यक अनुसन्धान पश्चात फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पठाइएको प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताएका छन् ।