उदयपुरका ७५ वटै वडामा ‘जनतासँग माओबादी–विशेष रुपान्तरण अभियान’ सुरु

२0८0 भाद्र १६ शनिबार
उदयपुरका ७५ वटै वडामा ‘जनतासँग माओबादी–विशेष रुपान्तरण अभियान’ सुरु

उदयपुर, भदौ १६

भदौ १६ देखि सुरु नेकपा (माओबादी केन्द्र)को देशव्यापी कार्यक्रम 'जनतासँग माओबादी–विशेष रुपान्तरण अभियान'‘ उदयपुृरमा पनि सबै वडामा सुरु भएको छ । सदरमुकाम त्रियुगा नगरपालिकामा पार्टी केन्द्रीय अनुशासन आयोग अध्यक्ष टंक राईले शनिबार विहान ८ः०० बजे जिल्ला अस्पताल परिसरको सरसफाई गर्दैै अभियानको सुरुवात गरेका छन् । त्यस्तै अन्य ८ वटै स्थानीयतहका ७५ वटै वडामा एकैसाथ अभियानको सुरुवात भएको पार्टी जिल्ला समन्वय समिति संयोजक विनोद कटुवाल दिवसले बताएका छन् । 


संयोजक कटुवालका अनुसार त्रियुगाका १६ वटै वडा, कटारीका १४, चौदण्डीगढीका १० र बेलकाका ९ वटै वडामा एकैसाथ अभियान सुरुवात भएको छ । त्यस्तै गाउँपालिकातर्फ लिम्चुङबुङका ५ वडा, ताप्लीका ५, रौतामाईका ८ र उदयपुरगढीका ८ वटै वडामा अभियान सुरु भएको छ । अभियानको सुरुवात गर्दा अस्पताअल, विद्यालय, स्वास्थ्यचौकीलगायत बिभिन्न सार्वजनिकस्थलको सरसफाई, श्रमदान, सहिद परिवार र बृद्धबृद्धासँग भेटघाट र फलफुल बितरण गर्दै गरिएको छ । 


पार्टीले सबै वडामा केन्द्रीय सदस्यहरुलाई इन्चार्जको रुपमा खटाएर परिचालन गरेको छ । जस अनुसार उदयपुरमा अनुशासन आयोग टंक राई त्रियुगामा, अर्का केन्द्रीय सदस्य गोपी अछामी र धनमाया बिक कटारीमा, मुक्साहाङ मेयाङ्वो उदयपुरगढीमा, रामकुमार राई पासाङ लिम्चुङबुङ र ताप्लीमा तथा अमनलाल मोदी चौदण्डीगढी र बेलकामा खटेने गरी इन्जार्चसिपको जिम्मेबारी दिइएर पाटीले पठा्एको छ । 


‘घरघरमा माओबादी–जनजनमा माओबादी’ भन्ने नाराका साथ सञ्चालित अभियान अन्तर्गत हरेक स्थानीयतहमा पार्टी केन्द्रीय सदस्यको नेतृत्व रहने छ । त्यस्तै पार्टीले हरेक वडाकौ अभियान ठोस रुपमा सम्पन्न गर्न सुक्ष्म अनुगमन र व्यवस्थित नियमन गर्ने जिम्मासहित केन्द्रीय सदस्श्रयहरुलाई इन्चार्ज तोकेको छ । हरेक वडामा स्थानीयतहको कमिटीका पदाधिकारीलाई संयोजकको जिम्मेबारी दिइएको छ भने उनीहरुको साथमा अन्य पदाधिकारी र कमिटीका सदस्यहरु आवद्ध रहेका छन् । अभियानको क्रममा जनतासँग जोडिन उनीहरुको घरघर गएर दुःखसुसखका कुरा गर्ने, पार्टीले लिएको मुद्धा, सञ्चालन गरेको नीति कार्यक्रम र यसअघि पार्टीले गरेका बिभिन्न जनमुखी र अधिकारकेन्द्रित आन्दोलन र संघर्षहरु तथा त्यसिबाट प्राप्त उपलब्धी तथा माअ‍ेबादीको नेतृत्वमा बनेका सरकारले गरेका जनपक्षीय कामहरुको बारेमा विश्लेषण र समीक्षा गर्दै जनताको प्रतिक्रिया लिने काम हुनेछ । 


अभियानमा पार्टीनिकट सबै जनबर्गीय संगठनहरुलाई पनि परिचालन गरिएको छ । युवा, विद्यार्थी, महिला, दलित, शिक्षक, कर्मचारी संगठनहरु तथा जातीय मोर्चाहरु सबै परिचालन हुने पार्टीले जनाएको छ । अखिल नेपाल शिक्षक महासंघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति), योङ कम्युनिष्ट लिग (वाईसिएल) अनेमसंघ, दलित मुक्ति मोर्चा, मजदुर संगठन तथा किराती राष्ट्रिय मोर्चा, थरुहट मोर्चा, मगर, तमु, नेवा र मधेसी मोर्चाहरु सबैलाई अभियानमा जोडेर देशव्यापी रुपान्तरणका लागि परिचालन गरिएको छ । 

 

 

त्रियुगामा अनुशासन आयोग अध्यक्ष राईको प्रमुख आतिथ्यमा भव्य रुपमा अभियानको सुरुवात भएको छ । पार्टि नगर कमिटी अध्यक्ष मानबहादुरका अनुसार नगर कमिटीमा आबद्ध नेता कार्यकर्ता, कर्मचारी, मजदुर, युवा, महिला, विद्यार्थी, स्वास्थ्यकर्मी सबै सहभागी ठूलो जमातले अस्पताल परिसरमा सरसफाई गर्दै अभियानको सुरु भएको छ । हातमा कुचो, बेल्चा, खुकुरी हसिया बोकेका कार्यमर्ताले अस्पताल परिसरमा रहेका फोहोर उठाउनुका साथै उम्रेका झार बुटा काटेर सफाई गरेको अध्यक्ष राईले बताए । 


अभियानको सुरुवात अत्यन्त राम्रो गरी भएकाले ३ महिने अभियान पनि सफलतापूर्वक सम्पन्न हुने अपेक्षा गरिएको छ । कटारी पार्टी अध्यक्ष मणिराज दाहाल, चौदण्डीगढी अध्यक्ष्ँ दिनेश बायुङ राई, बेलका अध्यक्ष मनोज ताामाङले विहान एकैसाथ अभियानको उद्घाटन भएको बताएका छन् । त्यस्तै लिम्चुङबुङ पार्टी अध्यक्ष मेजर राईले निर्धारित समयमै ५ वटै वडामा अभियानको सफलतापूर्वक सुरुवात भएको बताए । उता ताप्ली पार्टी अध्यक्ष गुरु पोखरेलले गाउँपालिकाका ५ वटा सबै वडामा एकैचोटी अभियानको सुखद सुरुवात भएको बताएका छन् । रौतामाई अध्यक्ष वीरेन्द्र मगरले पनि ८ वटै वडामा अभियानको एकैसाथ सुरु भएको जानकारी दिएक छन् भने उदयपुरगढीका पनि ८ वटै वडामा एकैसाथ अभियानको सफल सुरुवात भएको पार्टी अध्यक्ष दिपक तामाङले बताएका छन् ।