जवरजस्ती करणीका फरार अभियुक्त पक्राउ

२0८0 भाद्र १२ मंगलवार
जवरजस्ती करणीका फरार अभियुक्त पक्राउ

उदयपुर, भदौ १२

उदयपुर प्रहरीले वर्षौँदेखि फरार अभियुक्तहरु धमाधम पक्राउ गर्ने क्रम चलाईरहेको छ । केही समययता दैनिकजसो फरार अभियुत्तःहरु पक्राउ पर्ने गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


यसै क्रममा पछिल्लो पटक जवरजस्ती करणी अभियोगमा फरार अभियुक्त मंगलबार विहान पक्राउ परेका छन् । जिल्ला अदालत उदयपुृरको ०७४ जेठ २३ गतेको फैसला अनुसार १२ वर्ष ५ महिला २६ दिन कैद सजाय तोकिए पनि फरार रहेका चौदण्डीगढी नगरपालिका १ पाडारेका ३० वर्षीय मीनबहादुर श्रेष्ठ पक्राउ परेका हन् । 


अभियोग लागेदेखि नै फरार रहेका उनलाई खोजविनको क्रममा इलाका प्रहरी कार्यालय बेलटारका निरीक्षकको कमाण्डमा खटेको टोलीले मंगलबार विहान १० बजे आफ्नै घरमा फेला पारी नियन्त्रणमा लिएको हो । उनलाई मंगलबारै जिल्ला प्रहरी कार्यालय ल्याएर आवश्यक कानुनी प्रक्रिया पुरा गरी फैसला कार्यान्वयनका लागि अदालतको जिम्मा दिइएको प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताए । 


प्रहरीले बुझाएलगत्तै अदालतले कैद भुक्तानका लागि कारागार शाखा पठाएको जनाएको छ ।