५ वर्षदेखि फरार अभियुक्त पक्राउ 

२0८0 भाद्र १२ मंगलवार
५ वर्षदेखि फरार अभियुक्त पक्राउ 

उदयपुर, भदौ १२

विगत ५ वर्षदेखि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत खोजी सूचीमा रहेका फरार अभियुक्त बेलका नगरपालिका ४ गुरुङचौरीका ४३ वषीृय राजकुमार तामाङ आईतबार राति पक्राउ परेका हुन् । 


जिल्ला अदालत उदयपुरले ०७५ माघ १ गतेको फैसला अनुसार तामाङलाई ९ लाख ७६ हजार ९ य ७८ रुपैँया जरिवाना र कैद सजाय सुनाए पनि तामाङ त्यसबेलादेखि नै फरार रहेका थिए । फरार सूचीमा रहेका तामाङको खोजविनको क्रममा घरमै लुकिछिपी बसेको गोप्य सूचनाको ाधारमा इलाका प्रहरी कार्यालय रामपुर बेलकाका नायव निरीक्षक (सई) कमाण्डको टोलीले आईतबार राति ८ः१० वजे घरैबाट नियन्त्रणमा लिएको हो । 


वन मुद्धामा फरार तामाङलाई पक्राउ गरेलगत्तै सदरमुकाम गाईघाट ल्याइएकोमा जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमबार दिउसो अदालतको जिम्मा लगाएको छ । अदालतले मंगलबार विहानै उनलाई सजाय भुक्तानका लागि कारागार शाखा पठाएको अदालतले जनाएको छ ।