चार्जमा राखेर मोवाईल चलाउँदा करेन्ट लागेर ज्यान गयो

२0८0 भाद्र ३ आईतवार
चार्जमा राखेर मोवाईल चलाउँदा करेन्ट लागेर ज्यान गयो

उदयपुर, भदौ ३

उदयपुरका एक अधवैंशे पुरुषको करेन्ट लागेर निधन गएको छ । शनिबार राति ११ः०० बजे घरकै ओछ्यानमा पल्टेर मोवाईल चलाउदै गरेका उनको करेन्ट लाग्दा निधन भएको प्रहरीले जनाएको छ । 


घरमा जडान गरिएको विदुत लाईनमा चार्जमा राखेर मोवाईल चलाईरहेका बेला एक्कासी रेन्ट लागेर जिल्लाको उदयपुरगढी गाउँपालिका ७ चम्पेडाँडाका ६८ वर्षीय केदार भन्ने ओमानसिंह भुजेलको निधन भएको प्रहरीले जनाएको छ । 


जिल्ला  प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीका अनुसार घरको ओछ्यानमा मृत अवस्थामा रहेको भन्ने खवर आएलगत्तै खटेको अस्थायी प्रहरी पोष्ट नेपालटाका प्रहरी सहायक निरीक्षक (असई) नेतृत्वको टोलीले उनको करेन्ट लागेर मृत्यु भएको ठहर भएको हो । 


प्रहरीले घट्नास्थलमा प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको जनाएको छ । लास पोष्टमार्टम गरी आफन्तलाई दिने गरी प्रक्रिया अघि बढिरहेको डिएसपी चौधरीले बताउका छन् ।