प्रहरी श्रीमति संघ वार्षिकोत्सवमा ४६ को रक्तदान

२0८0 श्रावण २८ आईतवार
प्रहरी श्रीमति संघ वार्षिकोत्सवमा ४६ को रक्तदान

गाईघाट, साउन २८ 

नेपाल प्रहरी श्रीमति संघको वार्षिक उन्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय उदपयुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संघको ३९ औँ वार्षिक उत्सवको अवसर पारेर प्रहरी कार्यालय उदयपुरकै आयोजनामा कार्यालय परिसममै रक्तदान कार्यक्रम गरिएको हो । 


जिल्ला प्रहरीको आयोजना, नेपाल रेडक्रस सोसाईटी र जिल्ला अस्पताल उदयपुरको समन्वय तथा प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयाललगायत नेपाल प्रहरी र नेपाली सेनाका २३ जना र सशक्त प्रहरी ४ जनाले रक्तदान गरेका छन् । 


त्यस्तै स्वास्थ्कर्मी, नागरिक समाज र बिभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारण १३ गरी ४६ जनाले रगत दान गरेको प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी इन्सपेक्टर मोहन थापाले बताए । रक्तदान जीवन दान भन्ने नाराका साथ आयोजित कार्यक्रममा संकलित रगत रेडक्रस सोसाईटीद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रलाई हस्तान्तरण गरिएको इन्सपेक्टर थापाले बताएका छन् ।