किरात कर्मचारी मञ्चमा खिलराज दोहोरिए 

२0८0 श्रावण २८ आईतवार
किरात कर्मचारी मञ्चमा खिलराज दोहोरिए 

उदयपुर, साउन २८
किरात राई समुदायका राष्ट्र सेवक कर्मचारीहरुको संगठन ‘किरात राई कर्मचारी मन्च’ अध्यक्षमा खिलराज राई पुनः दोहोरिएका छन् । शनिबार काठमाडौँमा सम्पन्न मञ्चको पाचौ महाधिवेशनबाट उपसचिव राई पुनः अध्यक्ष चयन भएका हुन् । 


उदयपुर घर भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत राईको अध्यक्षतामा महाधिवेशनले महिलासहित २ उपाध्यक्ष, महासचिव, २ सचिव, कोषाध्यक्ष र २ सहकोपााध्यक्षको पदाधिकारीसहित सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । मञ्चको उपाध्यक्षमा अर्का उपसचिव अनिल किराती चयन भएका छन् । कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई खोटाङका स्थायी बासिन्दा हुन् । मञ्चले महिला उपाध्यक्षमा सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राईलाई छानेको छ । 

 

शनिबार विहान शिक्षामन्त्री अशोक राईले उद्घाटन गरेको महाधिवेशनको बन्दशत्रले शाखा अधिकृत अविलाल राईलाई महासचिव चयन गरेको छ भने सचिवमा क्रमशः योग्यप्रसाद राई र जंंगबहादुर राईलाई चयन गर्दा कोषाध्यक्षमा ध्यानविर राई तथा सहकोषाध्यक्षमा विश्वनाथ राई र चन्द्रशेर राई चयन गरेको छ । 


सदस्यमा रन्जना राई, सदन राई, हीराधन राई, सन्जिब राई, बलराम राई, खोमबहादुर राई, तारादेवी राई, उषाकुमारी राई, धनमाया राई, मैया राई, शान्तराज राई र रेखा राईलाई छानेको छ । त्यसैगरी खम्बराज राई, पुजा राई, सकुन्तला राई, नानुकला राई, नवीन राई, संगम राई, अन्जना राई, विनोद राई, विकास राई र जीतबहादुर राई पनि सदस्य चयन भएका छन् ।