साकेलाका सबै करार यथावत 

२0८0 श्रावण २७ शनिबार
साकेलाका सबै करार यथावत 

खोटाङ, साउन २७ 

धेरै स्थानीयतहहरुमा करारका कर्मचारीलाई निस्कासन गरेर बिबाद भईरहेका बेला खोटाङको साकेला गाउँपालिकाले भने कोही करार कर्मचारीलाई चलाएको छैन ।  गाउँपालिकाले कार्यालय सहयोगीदेखि अधिकृतस्तरसम्मका सबै कर्मचारीलाई यथावत राखेको हो । 


०८० असारमै करार अवधि सकिएका गाउँपालिकाका ५३ जना कर्मचारी सबैलाई करार अवधि थप्दै यथावत काम गर्न दिने निर्णय गरेको हो । त्यसका लागि चालु वर्षको साउनदेखि लागू हुने गरी ६ महिनादेखि १ वर्षसम्मको करार अवधि थपिएको हो । 


गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले वषादेखि काम गर्दै आएका अनुभवी र क्षमतावान कर्मचारीलाई हटाएर पुनः अर्को नयाँ कर्मचारी राख्ने झन्झट गर्नुभन्दा उनीहरुलाई नै काम लागउन यथावत राखिएको बताए । उनका अनुसार नयाँ कर्मचारी राख्न झन्झट र प्रक्रिया पुरा गर्दासम्म कार्यालयमा जनताको काम रोकिने भएकाले साविककै करार कर्मचारीलाई यथावत राख्ने निर्णय गरिएको हो । 


त्यसैले यसअघि कार्यरत करार ५३ जना सबैको करार अवधि नवीकरण गरिदिएको अध्यक्ष राईले बताए । ‘ुुहामी काम गरिरहेका कुनै पनि कर्मचारीहरुलाई हटाउँदैनौुु, कसैप्रति हाम्रो आग्रह पूर्वाग्रह राख्दैनौँ’ अध्यक्ष राईको भनाई छ ‘वर्षौँदेखि ुुकाम गरिरहेका अनुभवी कर्मचारी हटाएर पदपूर्ति गर्न राज्यको करोडौं रुपैंया खर्च गर्ने काम हामीबाट हुँदैन ।’


हाल कार्यरत कर्मचारी हटाएर नयाँ नियुक्ति प्रmित्रया थाल्दा जनतालाई दिनुपर्ने सेवा प्रभावित हुने खतराप्रति आफु सचेत रहेको अध्यक्ष राईले बताए । त्यसका साथै नयाँ कर्मचारीलाई काम सिक्न समय लाग्ने अर्को समस्या पनि उत्तिकै हुने अध्यक्ष राई बताउँछन् । पुराना कर्मचारीहरु अनुभव, योग्यता, दक्षता र क्षमता अनुसार नियुक्त  भएरै काम गर्दै आएको हुनाले उनीहरुलाई हटाएर नयाँ ल्याउनुपर्ने कारण नभएको उनले बताए । 


अर्कोपक्ष नयाँ कर्मचारी नियुक्तिका लागि सूचना प्रकाशनदेखि, परीक्षा, कर्मचारी छनौट हुँदै भर्ना प्रक्रियासम्ममा लाखौं रुपैंया खर्च हुने बेफाईदा रहेको पनि उनले बताए । जनताले तिरेको करबाट जम्मा भएको रकम खर्च गरी गरी नयाँ कर्मचारी नियुक्तिको कुनै अर्थ नरहने भएकाले साविक कर्मचारीलाई नै यथावत राखिएको तर्क उनको छ । 

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले हाल स्वास्थ्यतर्फ ९ सहित २७ जना कर्मचारी स्थायी रहेको ५३ जना करारमा कार्यरत रहेको बताए । उनका अनुसार करारमा रहनेमा स्वास्थ्यतर्फ २४, गाउँपालिकाकाले सञ्चालन गरेको ‘पूर्ण सरसफाई परियोजना’मा ६ जना, सूचना प्रविधि अधिकृत १, असिन्स्टेण्ड सव इन्जिनियर २ र कृषि प्राविधिक २ जना कार्यरत छन् । 


त्यस्तै, भेटनरी प्राविधिक १, बहुक्षेत्रीय पोषण कार्यक्रममा १, प्रधानमन्त्री रोजगार कार्यक्रममा १, पञ्जीकरण २, गरीवसँग विश्वेश्वर कार्यक्रम १, उद्यम विकास कार्यक्रम १, ब्याकहो लोडर चालक १, एम्वुलेन्स चालक १ र कार्यालय सहयोगी १० जना कर्मचारी करारमा रहेको प्रमुख प्रशासकीय अधिकृत राईले बताए । 


स्थायी कर्मचारीमा प्रमुख प्रशासकीय अधिकृत १, प्रशासनतर्फ पाँचौ तहका ४ जना, पाँचौ तहकै कम्प्युटर अपरेटर १, महिला विकास निरक्षिक १, लेखा अधिकृत १, सव–इन्जिनियर २  जना छन् । त्यस्तै, कृषितर्फ पाँचौ १, चौथो १, भेटनरी अधिकृत १, पाँचौ तह १ स्थायी कार्यरत छन् ।  परियोजनातर्फ प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ रोजगार संयोजक र रोजगार सहायक पद रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृत राईको भनाई छ । रिक्त पदमा आवश्यकता अनुसार पदपूर्ति गर्दै लाने योजना रहेको राईले बताए ।