कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त १३ वर्षपछि उक्राउ

२0८0 श्रावण २५ बिहीबार
कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त १३ वर्षपछि उक्राउ

उदयपुृर, साउन २५

उदयपुर प्रहरीले कर्तव्य ज्यान मुद्धामा १३ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालत उदयपुरले ०६७ पुस २१ गतेको फैसला अनुसार ५ वर्ष कैद सजाय सुनाइएका जिल्लाको बेलका नगरपालिका २ बेलहाका ३१ वष्र्गाीय चित्रमान राईलाई पक्राउ गरेको हो । 


अभियुक्त राईलाई प्रहरी चौकी भागलपुरको विशेष टोलीले बिहीबार विहान ९ः१० बजे घर वतनबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेलगत्तै इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाले उनलाई जिल्ला प्रहरी कार्यालय सदरमुकाम ल्याइएको थियो । 

 

जिल्ला प्रहरीबाट फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत पठएको र अदालतले पनि तत्काल कैद सजाय भुक्तानका लागि कारागार शाखा गाईघाट पठाईसकेको प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताएका छन् ।