‘विश्व आदिवासी दिवस’ बिभिन्न कार्यक्रम गर्दै मनाइयो

२0८0 श्रावण २४ बुधबार
‘विश्व आदिवासी दिवस’ बिभिन्न कार्यक्रम गर्दै मनाइयो

यस वर्षको ‘विश्व आदिवासी दिवस’ बिभिन्न कार्यक्रमका साथ देशभर भनाइएको छ । २९ औँ दिवस उदयपुरमा विरुवा रोपेर मनाइएको छ भने खोटाङमा भवन सिल्यान्यास गर्दै मनाइएको छ । 


दिवसको अवसरमा त्रियुगा नगरपालिका १२ स्थित नेपाल आदिवासी जनजाति महासंघ उदयपुरको कार्यालय परिसरमा बिभिन्न जातका विरुवा रोपिएको छ । त्रियुगा नगर उपप्रमुख महेश्वरी राईलगायत कार्यक्रममा आदिवासी जनजाति महासंघ मातहतका बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, जनजाति अगुवा, पत्रकार, बुद्धिजीवि र महिला तथा युवाहरुको समूहले परिसरमा विरुवा रोपेका थिए ।


नेपाल आदिवासी जनजाति माहासंघ त्रियुगा नगर समन्वय परिषद तथा आदिवाजी जनजाति पत्रकार महासंघ (फोनिज) उदयपुरको संयुक्त आयोजनामा विरुवा रोपनसँगै अन्य बिभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो । आजकै दिन फोनिजको २४ औँ स्थापना दिवस पनि भएकाले संयुक्त रुपमा कार्यक्रम गरी दिवस मनााइको फोनिज उदयपुरका अध्यक्ष इश्वर बलम्पाकी मगरले बताए । 


दिवसको अवसरमा उपमेयर राईले विरुवा रोप्दै आदिवासीहरुको पहिचानप्रति आफु सचेत रहेको बताईन् । उनले आफुु पनि आदिवासी समुदायकै व्यक्ति भएको र पहिचानबारे सचेत रहेको भन्दै तर, पहिचान प्राप्तीको आन्दोलनमा एउटा व्यक्तिलाई केन्द्रित गरेर आक्रमण हुने गरेकोमा दुःख व्यक्त गरिन् । केही समयअघि पहिचानविरोधी हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारका एक मन्त्री उदयपुर आउँदा पहिचानपक्षधर आन्दोलनकारीले आक्रमणमा  आफु पनि पीििडत भएको स्मरण गराउँदै उनले पहिचान पाउन बिधि र पद्धति अनुसार अघि बढ्नुपर्नै बताईन् । 


उपमेयर राईले देशविदेशमा रहेका आदिवासी जनजातिप्रति शुभकामना व्यक्त गर्दै सबै जातजातिहरुको संस्कार संँस्कृति, भाषा र पहिचान जोगाउने प्रतिबद्धता पनि जनाईन् । सबै जातजाति मिलेर मात्र नेपालमा शान्ति कायम गर्दै विकास र समृद्धिको यात्रामा अघि बढ्न सकिने तर्क उनको थियो । 


उता खोटाङमा आफ्नै कार्यालय भवनको सिल्यान्यास गर्दै २९ औँ विश्व आदिवासी दिवस मनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ थामखोरेस्ति जमिनमा निर्माण गर्ने महासंघको भवनको दिवसको अवसर पारेर सिल्यान्यास गरिएको हो । नगरप्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राईले संयुक्तरुपमा भवनको शिलान्यास गरेका हुन् । आदिवासी जनजाति महासङ्घ खोटाङका सचिव उदिम चाम्लिङका अनुसार महासंघका अध्यक्ष फूर्वा शेर्पाले निःशुल्क उपलब्ध गराएको ८ आना जग्गामा महासंघको भवन निर्माण गर्न लागिएको हो । 


कार्यक्रममा अध्यक्ष शेर्पाले ६ लाख बराबरको जग्गा महासंघलाई निशूल्क उपलब्ध गराएको बताउँदै सो जमिनमा आफ्नै पालामा भवन निर्माण गर्ने गरी सिल्यान्यास गरिएको बताए । भवन निर्माणका लागि नगरपालिकाको अनुदानमा जमिन सम्याउने कामसमेत सम्पन्न उनले बताए ।


दिवसको अवसरमा बोल्दै उपमेयर राईले आदिवासी जनजाति महासङ्घको भवन निर्माण गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । आदिवासी जनजातिहरु बृहत एकताबाट मात्रै मुलुकको परिवर्तन सम्भव हुने भन्दै उनले देशमा अहिले प्राप्त परिवर्तनमा आदिवासी जनजातिको महत्वपूर्ण भूमिका रहेको स्मरण गराए । आदिवासी जनजातिको त्याग र बलिदानीबाट प्राप्त उपलब्धिको रक्षाका लागि आगामी दिनमा पनि एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।


महासंघ अहिलेसम्म भाडाको घरमा बस्दै आएको हुनाले भवन अत्यावश्यक रहेको भन्दै यसै वर्ष निर्माण सरु गरेर चाँडै सक्न आवश्यक स्रोतको खोजी भईरहेको छ । कार्यक्रममा जिल्लास्थित बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय परिषदमा आवद्ध विभिन्न जातीय संघसंस्थाको सहभागिता थियो ।