लागूऔषधका फरारसहित ३ पक्राउ 

२0८0 श्रावण २३ मंगलवार
लागूऔषधका फरारसहित ३ पक्राउ 

उदयपुर, साउन २३

उदयपुर प्रहरीले लागू औषधसहित २ जना र लागूऔषधकै अभियोगमा फरार अपराधी गरी ३ जना पक्राउ परेका छन् । गत आईतबार अन्दाजी १ः३० बजेको समयमा त्रियुगा नगरपालिका ६ लालपत्तास्थित उदयपुर र सिराहाको सीमाबाट त्रियुगा नगरपालिका ३ मोतिगडाका १८ वर्षीय बिक्रम सदा र सोही ठाउँका २१ वर्षीय कमलकुमार सदा पक्राउ परेका हुन् । 


जिल्ला प्रहरी कार्यालयका अनुसार लाहानबाट गाईघाटतर्फ आउदै गरेको वीङ्गर जीपमा सवार यात्रीहरुको चेकजाँचको क्रममा लागू औषध साथबाट बरामद भएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरी चौकी लालपत्ताबाट खटेको टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा बिक्रम कमलको साथबाट डाईजोपाम १० एम्पुल, फेनार्गन १० एम्पुल र बुप्रिनोर्फिन १० एम्पुल गरी जम्मा ३० एम्पुल बरामद भएको हो । 


बरामद लागू औषधसहित उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताए । उनका अनुसार निजहरुलाई थप अनुसनधानका लागि जिल्ला अदालत उदयपुरबाट २१ गतेबाटै लागू हुने गरी ७ सिदनको म्याद थपिएको छ । 


त्यसैगरी लागू औषधकै मुद्धामा फरार रहेका एक अभियुक्त पनि पक्राउ परेका छन् । जिल्ला अदालत उदयपुरले ०७७ मात्र २७ गतेको फैसलाले लागु औषध मुद्दामा २ महिना २६ दिन कैद र २ हजार रुपैँया जरिवाना सजाय तोकिए पनि फरार रहेका बेलका नगरपालिका ३ चिलिया टप्पुका ६२ वर्षीय बुद्धिमान माझी पत्रफाउ परेका हुन् । उनलाई फरार सूचीमा राखेर खोजतलास गर्ने क्रममा प्रहरी चौकी भागलपुरबाट खटेको प्रहरी सहायक निरिक्षकको टोलीले मंगलबार २३ घरबाटै नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । 


फरार अभियुक्त घर वतनमौ लुकिछिपि बसेको भन्ने सुराकीका आधारमा खटेको टोलीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला ःल्याई फैसला कार्यन्वयनका लागि सम्मानित अदालतमा मंगलबारै पठाएको प्रहरीले जनाएको छ ।