कटारीमा लायन्स क्लब गठन

२0८0 श्रावण २२ सोमबार
कटारीमा लायन्स क्लब गठन

अभिमन्यु लामिछाने

कटारी, साउन २२


लायन्स क्लब एमडी ३२५ जिल्ला एफ अन्तर्गत कटारीमा ‘लायन्स क्लब अफ  उदयपुर ’ गठन भएको छ । कटारीका विभिन्न क्षेत्रमा आवद्ध युवाहरु समेट्दै स्थानीय ब्यापारी प्रयास कार्कीको अध्यक्षतामा क्लब गठन भएको हो ।

 

क्लबकाे प्रथम उपाध्यक्षमा पुष्कर खड्का र दोस्रो उपाध्यक्षमा जिवनाथ दाहाल छानिएका छन् । त्यस्तै सचिवमा धिरज खड्का र कोषाध्यक्षमा विश्वनाथ दास चयन भएका छन् भने निर्देशकमा चुलबहादुर आले मगर चुनिएका छन ।

 

क्लवको सदस्यहरुमा अम्बरबहादुर रायमाझी, राजेशचन्द्र श्रेष्ठ, गिता खड्का, तुलसीराम चौलागाई, भानु गिरी, सुनिलदत्त साह, रामकुमार खत्री, रविन्द्रबहादुर खड्का, अभिमन्यु लामिछाने रुक्जा राई, शुसिला राउत, शान्तिशोभा श्रेष्ठ , भूपेन्द्रसिंह तामाङ्ग ,हिरालाल अधिकारी दनुवार र रामेश्वर बराल  चुनिएका छन् ।

 

हाल २१ जना संस्थापक सदस्य रहेको समितिले लायन्स क्लबका मुख्य उद्धेश्य प्राप्तिसँगै शिक्षा, स्वास्थ्यलगायत युवाको नेतृत्व विकासका क्षेत्रमा काम गर्ने नव नियुक्त क्लब अध्यक्ष कार्कीले बताए । कार्कीले आफूले पाएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने र क्लबलाई कार्य सम्पादनको आधारमा उत्कृष्ट बनाउने प्रतिवद्धता पनि जनाएका छन् । ।

 

लायन्स क्लब एमडी ३२५ जिल्ला एफका गभर्नर शिव कटुवालले क्लबका पदाधिकारी र संस्थापक सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराए । कार्यक्रमका प्रमुख अथिति १ नं.  प्रदेशका पूर्वमन्त्री रामकुमार खत्रीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।