देउरी मोटरसाईकल दुर्घटनामा सुदिप चौधरीको निधन

२0८0 श्रावण २१ आईतवार
देउरी मोटरसाईकल दुर्घटनामा सुदिप चौधरीको निधन

उदयपुर, साउन २१

सदरमुकामको जलजलेमा हिजो राति मोटरसाईकल दुर्घटना हुँदा स्थानीय सुदिप चौधरीको निधन भएको छ । गाईघाट कदमाहा सडक खण्डमा राति ९ः०० बजे प्रदेश १–०२–०४४ प ८८९३ नं. को मोटरसाईकल दुर्घटनामा पर्दा घाईते भएका त्रियुगा ६ का २५ वर्षीय चौधरीको निधन भएको हो । 


३ जना सवार बुलेट मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाईते चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाटमा आईतबार विहान १ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै घाईते त्रियुगा ६ कै २२ वर्षीय पंकज चौधरी र सोही ठाउँका २७ वर्षीय मुकेश चौधरीलाई जिल्ला अस्पतालमा उपचार संभव नभएपछि बिराटनगर रेफर गरिएको छ । 


उनीहरुको अवस्थामा सुधार भईरहेको परिवारलाई उद्धृत गर्दै स्थानीय रमाकान्त चौधरीले बताएका छन् । मृतकको शव जिल्ला अस्पतालमा पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको छ भने दुर्घटनाबारे अनुसन्धन भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।