१ नं. प्रदेशमा नयाँ सरकार, पूर्व सभामुख मन्त्री बने 

२0८0 श्रावण १७ बुधबार
१ नं. प्रदेशमा नयाँ सरकार, पूर्व सभामुख मन्त्री बने 

बिराटनगर, साउन १७

यसअघि सभामुख रहेका नेकपा (माओबादी केन्द्र)का नेता बाबुराम गौतम १ नं. प्रदेश मन्त्री बनेका छन् । अघिल्लो दिन पुननिर्युक्ति पाएका काँग्रेस नेता उद्धव थापा मुख्यमन्त्री नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री बनेका हुन् । 


नवनियुक्त मुख्यमन्त्री थापाले बुधबार दिउसो ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिएसँगै गठित ४ सदस्यीय मन्त्रीमण्डलमा गौतमसँगै एकीकृत समाजबादी र काँग्रेसबाट ११ मन्त्री भएका छन्। 


थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ गराए भने मुख्यमन्त्री थापाले एसका नेता कमलप्रसाद जवेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री र काँग्रेसका प्रदिपकुमार सुनुवारलाई खानेपानी, सिंचाई तथा उर्जामन्त्रीको रुपमा सपथ गराएका छन्।


१ महिनाअघि एमालेका हिक्मत कार्की नेतृत्वको सरकारलाई माओबादी, एस र जसपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बनेका थापा सर्वोच्चको अन्तरिम आदेशपछि पदच्युत भएका थिए । गत १२ गतेको सर्वोच्चको निर्णय बमोजिम १७ गते ५ वजेभित्र बहुमत पुर्याएर मन्त्री मण्डल गठनको दावी पेश गर्न प्रदेश प्रमुखले दिएको समयअगावै थापा बहुमत जुटाएर पुनः मुख्यमन्त्रीको दावी पेश गरेका थिए । 


थापाले पहिलाजस्तै माओबादी, एस र जसपाकै गठबन्धनमा सरकार गठन गरेका हुन् । बहुमत पुर्याउन नसकेपछि सभामुख रहेका गौतमलाई राजीनामा दिलाएर सरकार गठन गरिएको हो । यसअघि सभामुख गौतमले पनि सांसदकै हैसियतमा हस्ताक्षर गरेर बहुमत (४७) पुर्याएको भन्दै परेको मुद्धामा सर्वोच्चले अन्तरिम आदेशले बर्खास्तमा परेका थिए । 


नव गठित सरकारले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।