ब्याङ्ग्रीमा गुम्बा र बुद्ध मूर्ति ठडियो 

२0८0 श्रावण १६ मंगलवार
ब्याङ्ग्रीमा गुम्बा र बुद्ध मूर्ति ठडियो 

उदयपुर, साउन १६ 

त्रियुगा नगरपालिका १६ माथिल्लो व्याङग्रीमा बुद्ध मूर्ति र गुम्बा निर्माण भएको छ । स्थानीय बौद्ध धर्मावलम्बीको आस्थालाई सम्मान गर्दै सो ठाउँमा पेम्वा छोइलिङ्ग गुम्बा र बुद्ध मूर्तिको प्रतिस्थापन गरिएको हो । 

गुम्बा र बुद्धमूर्ति निर्माणमा प्रदेश सरकारले १० लाख सहयोग गरेको छ । त्यस्तिै, त्रियुगा नगरपालिकाले ४ लाख ३० हजार दिएको सो योजनामा २ लाख २ हजार २ सय १२ रुपैँया स्थानीय जनश्रमदान रहेको छ । प्रदेश, नगरपालिका र स्थानीय श्रमदान गरी १६ लाख ३२ हजार २ सय १२ रुपैँयमा गुम्वा निर्माण भएको गुम्बा निर्माण उपभोक्ता समितिका सचिब हिरालाल लामाले बताए ।  


नवनिर्मित गुम्बा र मुद्धमूर्तिको मंगलबार एक कार्यक्रमका साथ उद्घाटन तथा प्रतिस्थापन गरियो । बौध धर्मगुरु धर्मसिंह तामाङले बुद्ध परम्परा र बिधि अनुसार पुजा गरेपछि १ नं. प्रदेश उपसभामुख सृजना दनुवारले गुम्बा उद्घाटन गर्दै बुद्धमूर्तिको प्रतिस्थापन गरिन् ।


तामाङ बाहुल्य सो ठाउँमा नवनिर्मित गुम्बामा बौद्ध शिक्षा पठनपाठन गर्ने तयारी भईरहेको छ । गुम्बालाई पाठशालाको रुपमा विकास गर्दै बौद्ध शिक्षामा पठनपाठन गर्ने लक्ष्य लिइएको गुम्बा निर्माण समितिका अध्यक्षि कृष्णकुमार तामाङले बताए । उनका अनुसार तत्काल गुम्बामा पठनपाठन गर्ने लक्ष्य लिइएको भए पनि आवश्यक स्रोतको अभावमा अहिले संभव नभएकाले बजेटको खोजी गरिने भएको छ । आवश्यक बजेट सहयोग कहीँ कतैबाट पाउना साथ गुम्बलाई पाठशालामा परिणत गरिने उनले बताए ।

 

गुम्बा उद्घाटन गर्दै उपसभामुख दनुवारले नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले यहाँ सबै धर्म, आस्था र विचारहरुलाई सम्मान गर्दै समेटेर अघि बढन्पर्ने बताईन् । एकले अर्को जात, समुदाय, धर्म, संप्रदायलाई हेला होचो गरेर देश अघि बढ्न नसक्ने भएकाले सबै धर्म, जात, परम्परा र संस्कृतिप्रति सबैको सम्मान हुनुपर्नेमा दनुवारको जोड थियो । 

उपसभामुख दनुवारले केन्द्रीय सरकार संकुचित मानसिकताबाट अघि बढिरहेको भन्दै  त्यसले संघीयता कार्यान्वयमै चुनौती थपिएको बताईन् । जनताले वर्षाैँको संघ, बलिदान र आन्दोलनबाट ल्याएको परिर्वतनलाई संस्थागत गर्न प्रदेश र स्थानीयतहलाई संविधानले व्यवस्था गरे अनुसार अधिकार दिनुपर्नेमा उनको जोड थियो । तर, संघीय सरकारले अधिकार वाँडफाँडमा असमानता कायम गरेका कारण अहिले जनता मार्कामा परेको उनको भनाई थियो । 


संघीय सरकार, प्रदेश र स्थानीयतहलाई अधिकार दिएर बलियो बनाउने पंक्षमा नदेखिएको गुनासो गर्दै दनुवारले बरु उल्टै विनियोजन गरेको वजेटसमेत कटौती गरेर मुठ्ठी कस्ने काम भईरहेकाले त्यसको गलत सन्देश गईरहेको उनको भनाई थियो । प्रदेश सरकार गठनको विषयमा उपसभामुख दनुवारले कुर्सीका लागि जनताका मुद्धा थाती राख्ने काम भईरहेको बताईन् । उनका अनुसार प्रदेश सरकार अहिले जनताको विकास र समृद्धिमा भन्दा कुर्सीका लागि नदी मडारिए झ“ै मडारिरहेको बताइन् । 


कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य गितदेवी रेग्मीले सिमित स्रोतसाधनले जनताका इच्छा, चाहाना अनुसारका विकास निर्माणका काम गर्न नसकिएको बताईन् । उनले संबिधानले तीन तहको सरकारको कल्पना गरेपनि अधिकार वाँडफाँडमा केन्द्रिकृत शासन व्यवस्थाका कारण सोचेअनुरुप विकास हुन नसकेको बताईन् । अर्का प्रदेश सांसद सम्झना पाख्रिनले विकास एकै पटकमा सम्भव नहुने भएकाले ठुला महत्वकांक्ष नराख्न आग्रह गरिन् । 


त्रियुगा नगरउपप्रमुख महेश्वरी राईले विकासमा समानता ल्याउनका लागि ठाउ विशेष र परिवेशका आधारमा नगरले विकासका काम अगाडि बढाउने बताईन् । मानवीय विकासस“गै भौतिक पुर्वाधारको विकासलाई पनि उत्तिकै नगरपालिकाले प्राथामिकता दिदै आएको उनको भनाई थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य गोमा कार्की, १६ नम्बर वडाध्यक्ष मानबहादुर राई, एमाले प्रदेश कमिटी सदस्यहरु इश्वरमणि राउत र भागवत राउत तथा पत्रकार महासंघ अध्यक्ष भरत खड्का, धर्मगुरु धर्मसिंह तामाङलगायतले राजनीतिक आस्था र विचारका आधारमा विकास निर्माणलाई जोड्न नहुनेमा जोड दिएका थिए ।