ट्याक्टर दुर्घटनामा घाईते चालकको निधन 

२0८0 श्रावण १२ शुक्रबार
 ट्याक्टर दुर्घटनामा घाईते चालकको निधन 

उदयपुर, साउन १२

खोटाङमा ट्याक्टर दुर्घटनामा परी एकजनाको निधन भएको छ । बिहीबार दिउँसो खोटेहाङ गाउँपालिका मुकाम खोटाङ बजारबाट रसुवातर्फ जाँदै गरेको ना ६ त २४६६ नं. को ट्याक्टर दुर्घटना हुँदा घाईते चालक २३ वर्षीय पवन तामाङको निधन भएको हो । 


खोटाङ बजारदेखि रसुवा जोडिएको कच्ची सडकमा अनियन्त्रित भई पल्टेको ट्याकटर सडकबाट ५० मिटर तल खस्दा गम्भीर घाईते भएका खोटेहाङ ३ का तामाङको उपचार गर्न गाईघाटतर्फ ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । 


घट्नाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।