बढ्दै सम्बन्ध विच्छेद : मुख्य कारण वैदेशिक रोजगार

२0८0 श्रावण ७ आईतवार
बढ्दै सम्बन्ध विच्छेद : मुख्य कारण वैदेशिक रोजगार

उदयपुर, साउन २

सँगै ज्युने, सँगै मर्ने कसम खाएर एकार्कामा समर्पित बिवाहित दम्पति जोडी अलग हुनु साहै दुःखदायी कुरा हो । एक रथका दुई पाङ्ग्रा भएर सँगसँगै जिउने क्रममा कतिपय अवस्थामा सामान्यदेखि जटिलसम्मका समस्या आईपर्नु अस्वभाविक होईन । तर, श्रीमान–श्रीमति मिलेर त्यही समस्या टार्नु नै असल दाम्पत्य जीवन हो । तर, त्यस्ता समस्या र दुःख आईपर्दा एकले अर्कालाई साथ दिनुको साटो भागेर अलग हुने, एकले अर्कालाई वास्तै नगर्ने प्रबृत्तिले सम्बन्ध विच्छेदसम्मको गन्तव्यमा पुर्याउँने गरेको हो ।

 

यस्तो सम्बन्ध विच्छेदको घट्नाले उदयपुुरलाई पनि गाँजेको छ । पछिल्लो समय दुःखसुख सँगै जिउने मर्ने कसम खाएर एकात्मा भएका दुई ज्यानको जोडी विछोडिने क्रम दिनहुँ बढ्दो छ । उदयपुृर जिल्ला अदालतमा पछिल्लो केही वर्षयता सम्बन्ध विच्छेदका घट्ना बाक्लो हुदै जानुले यो कुराको पुष्टि गरेको छ । 


अदालतका अनुसार सम्बन्ध विच्छेदको क्रम यो वर्ष पनि अत्याधिक बढेको छ । अदालतको तथ्यांक अनुसार खासगरी बैदेशिक रोजगार र स्वतन्त्रताको दुरुपयोग तथा अन्य बिभिन्न घट्नाहरु सम्बन्ध विच्छेदका प्रमुख कारण देखिएका छन् । सामान्यदेखि जटिल समस्या आईपर्दा जोईपोई मिलेर समाधान गर्नु पर्नेमा एकले अर्कालाई छाडेर समस्याबाट उन्मुक्ति लिने स्वतन्त्रता चाहने मानसिकताकै काराण् सम्बन्ध विच्छेदका घट्ना ह्वात्तै बढेको हो ।


अदालतको गत आर्थिक वर्ष ०७९ ८० को तथ्यांकमा ४ सय ५५ वटा सम्बन्ध विच्छेदका मुद्धा दायर भएको देखिएको छ । अदालतमा स्रेस्तेदार दानबहादुर कार्कीका अनुसार सो वर्ष कुल १ हजार ३ सय ९२ नँया मुद्दा परेकोमध्ये ४ सय ५५ अर्थात ३२.६८ प्रतिशत हिस्सा सम्बन्ध विच्छ्ेदको रहेका थिए । 


अदालतमा परेका सम्बन्ध विच्छेदका मुद्धाउपर फैसला गर्नुअघि सकेसम्म पुनः घरवार होस भनेर मेलमिलापको प्रयास गर्ने गरेको भए पनि मिल्नै नसक्ने अवस्था सिर्जना भएको पाइएपछि बाध्य भएर छुट्न दिने फैसला गर्ने गरेको जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीले बताए ।