खोटाङमा गोरु काटेको आरोपमा ५ पक्राउ

२0८0 श्रावण २ मंगलवार
खोटाङमा गोरु काटेको आरोपमा ५ पक्राउ

उदयपुर, साउन २

गोरु काटेको आरोपमा खोटाङमा ५ जनालाई पक्राउ गरिएको छ । जिल्लाको ऐसेलुखर्क गाउँपालिका ४ जलेश्वरी रमितेमा गोरु काटेर मासु बाँड्दै गरेको अवस्थामा रंगेहात भेटेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 


सुराकीका आधारमा खटेको इलाका प्रहरी कार्यालय ऐसेलुखर्क प्रहरीले सोमबार साँझ  ऐसेलुखर्क ४ का २९ वर्षीय बुद्धिमान तामाङ, २६ वर्षीय दावा तामाङ, २६ वर्षकै मोहन तामाङ, २८ वषर््ािय मेखकुमार तामाङ र ५४ वर्षीया खिमा तामाङलाँई नियन्त्रणमा लिएको हो । 


जिल्ला प्रहरी प्रमुख डिएसपी मञ्जिल मुकारुङका अनुसार उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दिक्तेल झिकाएर मुलुकी संहिताको पशुपन्छी सम्बन्धी ऐन अनुसार कारबाही अघि बढाइएको छ । सो ऐन अनुसार बढीमा ३ वर्षसम्म कैद र जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । 


आरोपीहरुलाई साउन २ गतेदेखि लागू हुनेगरी अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान थालिएको डिएसपी मुकारुङले बताएका छन् ।