कोरा साईकल च्यालेन्जमा ५६ किलोमिटरको यात्रा

२0८0 असार ३0 शनिबार
कोरा साईकल च्यालेन्जमा ५६ किलोमिटरको यात्रा

उदयपुर, असार ३०

यहाँका साईकलप्रेमी युवाहरुले शनिबार ५६ किलोमिटरको साईकल यात्रा पार गरेका छन् । टर्कीका भूकम्प पीडितहरुको सहयोगार्थ आयोजित ‘गाईघाट कोरा साईक्लिङ च्यालेन्ज २०२३’को अवसरमा पारेर गाईघाटबाट सुरु भएको साईकल यात्रा नगरपालिकाको बिभिन्न ठाउँ भएर पुनः गाईघाटमै आएर समापन भएको छ । 


साईक्लिङ संघ उदयपुरको आयोजना र त्रियुगा नगरपालिकाको सहयोगमा  आयोजित साईकल यात्रा ५०.५० किलोमिट दूरीको भनिए पनि ५६ किलोमिटर पार गरेर समापन भएको साईक्लिङमा सहभागी चौदण्डीगढीका यात्री भास्कर चौधरीले बताए । उनका अनुसार गाईघाटबाट सुरु भएको साईकल यात्रा मोतिगडा, बगाहा, देउरी, मोहनपुर, कालीखोला, चुहाडे, राजाबास, गहिरुन हुँदै पुन गाईघाट आएर समापन भएको थियो । 


साईकल संघ उदयपुृरका अध्यक्ष जितेन्द्र ःराईलाका अनुसार बिगत केहीवर्षयता आयोजना हुँदै आएको च्यालेन्ज यसवर्ष ‘पाँचौ संस्करण कोरा च्यालेन्ज २०८०’ हो प्रतियोगितामा त्रियुगाबाहेक छिमेकी नगरपालिकाहरु बेलका र चौदण्डिगढीका गरी १ सय ५ जना यात्री सहभागी भएको उनले बताए । रोईलाका अनुसार ‘कोरा’को अर्थ साईक्लिङ भाषामा निश्चित क्षेत्रको परिक्रमा गर्नु हो । साईकल चढेर घडीको सुई घुम्ने दिसामा परिक्रमा गर्नु नै कोरा साईक्लिङ हो । प्रतियोगिताको रुपमा लिएर साईकल चढेर घुम्ने कार्यक्रम भएकाले यसलाई कोरा साईक्लिङ नाम दिइएको हो । 


साईक्लिस्टहरुले कोरामा बिभिन्न स्थान घुम्ने र प्रचार÷प्रसार गर्ने योजना बनाउने गरेका छन् । स्थानीय पर्यटन स्थलहरुको प्रचारप्रसार गर्नुका साथै संभावित पर्यटकीयस्थलहरुको खोजी र पहिचान गर्दै प्रचार प्रसारमार्फत ती ठाउँहरुलाई सतहमा ल्याएर पर्यटन प्रबद्र्धन गर्न कोरा च्यालेन्जले टेवा पुग्ने उनले बताए ।
‘स्वच्छ वातावरण र स्वस्थ्य जीवन, क्लिन, ग्रिन, सिटी हाम्रो अयिभान’ भन्ने नाराका साथ आयोजित कोरा च्यालेन्जलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्ने धारणा संघले अघि सारेको छ । कोरा च्यालेन्जमा लामो दूरीको साईकल यात्रा गर्नुपर्ने भएकाले सहभागीहरुलाई बीचबीचमा खाजा र खानाको ब्यवस्था मिलाइएको थियो । 


स्वस्थ्य साइक्लिङ समुदाय निर्माणको लक्ष्यसहित परोपकारका कामहरु गर्ने उदेश्यले संघले यो वर्ष च्यालेन्जमा संकलित रकम टर्कीका भूकम्प पीडितलाई सहयोग गर्ने लक्ष्य लिइएको अध्यक्ष रोईलाले बताए । रोईलाले कोरा साईक्लिङ च्यालेन्जको सुरुवात सन् २०११ मा ३५ जना साईकल यात्रीको समूहले थालनी गरेको बताए । जस अनुसार कोरा च्यालेन्ज नेपालमा यो १३ औं श्रृङ्खला हो । सुरुमा ३५ जना साईक्लिस्टबाट सुरु भएको यो यात्रा ७ हजार जना पुगेपछि पछिल्लो समय जो जँहा छ त्यहीँबाट कोरा च्यालेन्ज गर्न थालिएको हो । यसअघिका संस्करणमा यो भन्दा बढी यात्रीको सहभागिता रहने गरेको थियो ।