विजुली बनाउन चढेका राई पोलमै अस्ताए 

२0८0 असार २७ बुधबार
विजुली बनाउन चढेका राई पोलमै अस्ताए 

उदयपुर, असार २७

बुधबार दिउसो त्रियुगा नगरपालिका ४ फर्सेटमा विद्युत अवरुद्ध भयो । विद्युत मर्मत गर्न नजिकै बगाहा घर भएका इलेक्ट्रीसिएन कैलाश भन्ने युवराज राईलाई बोलाइयो । नगरपालिकाका सडक विद्युत कर्मचार रहेका राई तत्काल पुगेर विद्युत मर्मत गर्न पोल चढे तर, दुःखद घट्ना भयो, विजुली बल्यो उनी निभ्े । 


विद्युत मर्मत गर्न पोल चढेका राई वर्षाका कारण चिसो पोलमा विद्युत प्रवाह भएका कारण झट्का (करेन्ट) लागेर ज्यान गुमाउन पुगेका हुन् । त्रियुगा नगरपालिका ४ बगाहा स्थायी घर भएका ४० वर्षीय राई पोलमै करेन्ट लागेर गम्भीर घाईते भएपछि उनीसँगै गएका साथी भुवन श्रेष्ठले उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल ल्याएका थिए ।


दिउसो २ः३० बजेको घट्नामा घाईते भएका उनलाई जिल्ला अस्पतालमा ३ः३० बजे ल्याईपुर्याउँदा उनको प्राण उडिसकेको भन्द्र डा.ले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घाईते भएको १ घण्टामै उनको मृत्यु भईसकेको भन्ने खवर आएको त्रियुगा नगरप्रमुख बसन्त बस्नेतले बताए । मेयर बस्नेतका अनुसार राई विगत ७ वर्षदेखि नगरपालिकामा इलेक्ट्रीसियन कर्मचारीका रुपमा करारमा काम गर्दै आएका थिए । 


विद्युत मर्मत गर्न जाँदा लाईन काटेर पोल चढ्नुपर्नेमा नकाटी मर्मत गर्न खोज्दा अप्रिय घट्ना हुन पुगेको नेपाल विद्युत प्राधिकरण बितरण केन्द उदयपुरका प्रमुख विजयबाबु खत्रीले बताए । उनले घट्ना भईसकेपछि मात्र कार्यालयलाई जानकारी आएको बताउँदै नगरपालिकाले विद्युत विद्युत मर्मत गर्नुपर्ने कुराको जानकारी दिएको भए लाईन काटेर मात्र जान सुझाउने बताए । 


घट्नाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक कमाण्डको टोली अहिले घट्नास्थल पठाईसकिएको छ । कानुनी प्रक्रिया पुरा गरेपछि मृतकको लास पोष्टमार्टम गरी आफन्तलाई दिइने र थप अनुसन्धान कायम रहने जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताए ।