त्रियुगा ४ वडाद्वारा आँप र लिच्चीका विरुवा वितरण

२0८0 असार १७ आईतवार
त्रियुगा ४ वडाद्वारा आँप र लिच्चीका विरुवा वितरण

बिन्द्र राई
बगाहा, असार १७

त्रियुगा नगरपालिका वडा नं ४ बगाहाले वडाबासी कृषकलाई आँप र लिच्चीका विरुवा तिवरण गरेको छ । आईतवार आयोजित एक कार्यक्रममा वडाध्यक्ष बद्री बस्नेतले कृषकहरुलाई आँप र लिच्चीका विरुवा निशूल्क बितरण गरेको हो । 


‘तराई मधेस राष्ट्रपति चुरे कार्यक्रम’ अन्तर्गत वडाका टोल विकास सस्थामा आबद्ध र कृषकहरुलाई प्रतिव्यक्ति १ थान लिच्ची र १ थान आँपका विरुवा बितरण गरिएको हो । वडाध्यक्ष बस्नेतका अनुसार किसानहरुलाई आम्रपाली, मालदह, बम्बई गरी ३ प्रकारका ४ सय ४४ थान विरुवा र लिच्ची ४ सय १२ वटा बितरण गरिएको छ ।