प्रदेश नाम संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण 

२0८0 जेष्ठ ३१ बुधबार
प्रदेश नाम संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण 

विराटनगर, जेठ ३१

१ नं. प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक प्रदेश प्रमुख पर्शुराम खापुङले प्रमाणिकरण गरेका छन् । प्रदेश ऐनमा नाम संशोधन गर्न बनेको विधेयक, २०७९ बुधबार प्रमुख खापुङले प्रमाणीकरण गरेको  प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


‘प्रदेश प्रमुख खापुङले प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको विधेयक प्रमाणि करण गरेको जारी विज्ञप्तीमा उल्लेख छ । प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तीका अनुसार प्रचलित प्रदेश ऐन अनुसार प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक, २०७९ नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको उल्लेख छ ।


गत फागुन १७ गते प्रदेश १ को नाम कोशी राखेपछि पहिचान पक्षधर राजनीतिक दल, सामाजिक संघ संगठन र नागरिक अगुवाहरुबाट चर्को बिरोध भईरहेको छ । कोशी नाम खारेज गर्नुपर्ने माग गर्दै चर्केको आन्दोलन साढे ३ महिनाको अवधिमा ताप्लेजुङका पदम लिम्बु (लाजेहाङ)को प्रहरी आक्रमणमा परी मृत्यु भएपछि थप पेचिलो बन्दै गएको छ ।


लगातार सडक आन्दोलन चर्कनुका साथै प्रदेशसभा सदस्य तथा मन्त्रीहरु सहभागी कार्यक्रममा अवरोध गर्ने तथा कालोमोसो दल्ने र गाडीमाथि तोडफोड हुन थाले पनि वार्ता गर्ने सोँचमा नभएको प्रदेश सरकारले पछिल्लो समय वार्ता आव्हान गरेको  छ । 


तर, पहिचानपक्षधरहरुले सरकारमा सहभागी नेकपा (माओबादी) केन्द्र, जनता समाजबादीले समर्थन फिर्ता लिएपछि वार्ताको आह्वान गरेको नाटक रचेको रुपमा अथ्र्याईरहेका छन् ।