पहिचानपक्षधरको आक्रमणबाट बालबाल बँचे प्रदेश मन्त्री 

२0८0 जेष्ठ २0 शनिबार
पहिचानपक्षधरको आक्रमणबाट बालबाल बँचे प्रदेश मन्त्री 

उदयपुर, जेठ २०

्पहिचान पक्षधरबाट बालबाल बच्दै प्रदेशमन्त्री भक्ति सिटौला बिराटनगर फर्केका छन् । उदयपुुर सदरमुकाम गाईघाटमा शनिबार आयोजित एक कार्यक्रममा सहभचागी हुन आएका प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला आउँदा सहजै आए पनि फर्कदा पहिचान पक्षधरको ढुंगा मुढा र कालो झण्डाको सामना गर्नु पर्यो । 


मन्त्री सिटौलामाथि उदयपुरमा पहिचान पक्षधरहरुले चर्को नाराबाजीका साथ कालो झण्डा देखाउदै ढुंगामुढा प्रहार गरेका छन् । तर, प्रहरी सुरक्षा घेराको सहयोगले उनी बालबाल बच्र्द प्रदेश राजधानी फर्कन सफल भएका छन् । त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघको आयोजनामा भएको ‘बृत्ति परामर्श तथा रोजगार मेला’को उद्घाटन गर्न आएका सिटौला आउने बारे भने आन्दोलनकारीहरुले पत्तै नपाउनु उनको अहोभाग्य हो । 


कार्यक्रममा आउने भन्ने जानकारी नपाएका कारण पहिचान पक्षधरहरुले बिरोधको कुनै कार्यक्रम बनाएका थिएनन् । तर, एक्कासी मन्त्री गाईघाट आएको थाहा पाएपछि हतार हतार बिरोध कार्यक्रम बनाएको सुईको पाईहालेका सिटौला फर्कने रुट बदलेर लाहान हुँदै जान लाग्दा पनि बिरोधको सामना भने गर्नै पर्यो । चतारा बेलटार हुँदै आएका उनी सोही बाटो फर्कने आसामा पहिचान पक्षधरहरुले गाईघाटदेखि चतारासम्मै व्यापक बिरोध कार्यक्रमको तयारी गरेका थिए ।


तर, त्यो कुराको सुईको पाएका उनी रुट बदलेर गाईघाट, लाहान, इटहरी सडक भएर जान लाग्दा जलजलेमा आन्दोलनकारीहरुको सामना गर्नु परेको स्थानीयले बताएका छन् । दिउसो ३ः३० ब्ज्े बाटो लागेका सिटौला जलजले पुग्दा सडकमा पहिचान पक्षधरहरुले चर्को नाराबाजीसहित कालो झण्डा र ढुंगामुढाको सामना गर्नु परेको थियो । 


 पहिचान पक्षधर समूहको आक्रमणमा परी उनको गाडीका सिसा फुटेको तथा आन्दोलनकारीले झण्डा भाँचेर फ्यााकिदिएको प्रत्यक्षदशीहरुले बताएका छन् । 


प्रदेश १ को नाम पहिचानविरोधी राखेको भन्दै भईरहेको प्रदेशव्यापी आन्दोलनको क्रममा प्रहरीको गोली लागेर पदम लिम्बु (लाजेहाङ)को मृत्युसमेत भईसकेको छ । पहिचानविरोधी नामको बिरुद्ध असन्तुष्ट दलहरुमध्ये गठबन्धनमा सामेल जनता समाजबादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । जसपाबाट स्वास्थ्यमन्त्री रहेकी निर्मला तावा लिम्बुले ३ दिनअघि पार्टीको तर्फबाट समर्थन फिर्ता लिदै मन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ । तर, पहिचानकै पक्षधर पार्टी माआोबादी र राजाबादी समूह राप्रपाको समर्थनले प्रदेश सरकार अहिलेसम्म टिकिरहेको छ ।